आपत्तिजनक अवस्थामा समातिए प्रहरी हवल्दार

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  775 पटक हेरिएको

जनकपुरधाम । एक महिलासँग आपत्तिजनक अवस्थामा धनुषाका एक प्रहरी हवल्दारलाई गाउँलेले समातेका छन् । धनुषाको शहिदनगर नगरपालिका ३ यदुकोहामा आइतबार राति प्रहरी हबल्दार प्रेम नेपालीलाई एक स्थानीय महिलासँग आपतिजनक अवस्थामा गाउँलेले समातेर कुटपिट समेत गरेका हुन् ।

आइतवार राति १० बजे ईलाका प्रहरी कार्यालय यदुकोहामा कार्यरत प्रहरी हबल्दार नेपालीलाई महिलासँग उनको शौचालयमा देखेपछि स्थानीयले आवश्यक कारबाहीका उनलाई यदुकोहाका प्रहरी निरिक्षक दिपक बाबु केसीको जिम्मा लगाएका छन् ।

प्रहरी निरिक्षक केसीले भने, ‘हबल्दार नेपाली राति करिब १० बजे मदिरा सेवन गरी त्यहि बाटोबाट फर्किरहेको बेला महिलाको गेट ढकढकाउँदै उनलाई बाहिरको शौचालय खोल्दिन भनेका थिए । त्यतिकैमा स्थानीय केही व्यक्तिले उनीहरुलाई हेरेपछि हबल्दारलाई कुटपिट गर्दै यदुकोहा प्रहरी कार्यालयको जिम्मा लगाए ।’ महिलाले आफुसँग हबल्दार नेपालीले कुनै किसिमको अभद्र व्यवहार नगरेको कुरा समेत प्रहरीलाई जानकारी दिएको निरिक्षक केसीले बताए ।

उनले मदिरा सेवन गरि प्रहरी हबल्दार नेपालीले महिलाको घरमा रातिको समयमा गएकाले विभागीय कारबाही गरिने बताए । यता, प्रहरीमा जिम्मा लगाएपनि कारबाहीका लागि प्रहरी हबल्दार र ती महिलालाई मेडिकल नगराई घटना मिलाउन खाजेको स्थानीयवासीको आरोप रहेको छ ।

‘हवल्दार राति ती महिलाको घरमा पुगेपछि स्थानीयले चोर भनेर समातेको र अहिले दुबैजना प्रहरीको नियन्त्रणमा छन् । हामीले घटनाको अनुसन्धान गरिरहेका छौं’, प्रहरी निरीक्षक केसीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार