पाँचसय भाडा तिरेर वृद्धभत्ता लिन जान्छिन ९९ वर्षकी बचियादेवी यादव

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  1091 पटक हेरिएको

सप्तरी, राजविराज । राजविराज १५ की बचियादेवी यादव उमेरले ९९ वर्ष पुगिन् । उनी आफैं जेष्ठ नागरिक भत्ता लिन सदरमुकाम राजविराजस्थित बैंकमा पुग्छिन् ।

सिटी रिक्सामा रिजर्भ गरेकी आएकी यावदले भाडावापत ५ सय रुँपैया तिरेको बताइन् । जनप्रतिनिधीले घरमै ल्याएर बृद्ध भत्ता बितरणको व्यवस्था गरिदिए आफुलाई सहज हुने उनको भनाई छ । उनका श्रीमा बौवालालको २९ वर्ष अगाडी मृत्यु भएको थियो भने कान्छो छोराको १४ वर्षअघि निधन भएको थियो । जेठा छोरा छुटिएर अलग बसेका छन् । उनी कान्छी बुहारी सोनाबत्तिको आश्रयमा बस्दै आएकी छिन् ।

मजदुरी नगरि खान नपग्ने भएकाले उनकी कान्छी बुहारीलाई पनि खास फुर्सद हुन्न । त्यहि कारण छिमेकीको सहारा लिएर उनी भत्ता लिन राजविराज पुग्ने गरेकी हुन् ।

शुक्रबार भत्ताका लागि राजबिराज स्थित सेन्चुरी बैंक पुगेकी यावद बैंकको सिंढी उक्लनै सकिनन् । सिंढी चढ्ने क्रममा लडेर केही समय बेहोस भएकी थिइन् ।

उनी मोटरसाइकल वा सिटी रिक्सामा एक्लै बस्ने सक्दिनन् । हिडडुल पनि गर्न नसक्ने भएकाले एक जना उनलाई सहारा दिने मानिसको आवश्यकता पर्ने गरेको बुहारी बताउछिन् ।

सप्तरीमा यस्तो समस्या भोग्ने बचिया देवी मात्रै छैनन् । जिल्लाका अन्य असशक्त बृद्धबृद्धाहरुले पनि यस्तै समस्या भोगिरेहका छन् । ‘बृद्ध उमेरमा हिडडुल गर्न सक्ने नभएकाले एक्लै बैंकमा आउन उसै पनि गाहे, त्यसमाथी बैंकको दोश्रो र तेश्रो तल्लामाथी सिढी चढेर जान झनै सकस रहेको पीडित बृद्धबृद्धाहरु बताउँछन् ।’ वृद्धभक्ता लिए आएका अर्का बृद्धले भने ।

स्थानीय बलराम यादवले जेष्ठ नागरिकलाई राज्यले केही सहयोग पुगोस् भनी भत्ता उपलब्ध गराएपनि लिन जान सा¥है कष्ट रहेको बताए । यस्ता असशक्तका लागि सरकारले घरदैलोमै भत्ता बितरणको व्यवस्था मिलाइदिए मात्र सहज हुने प्रतिक्रिया दिए ।

अर्का स्थानिय धिरेन्द्र बर्मा धिरुको पनि भनाई त्यस्तै छ । राजविराज नगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रामप्रसाद यादवले असक्त बृद्धबृद्धाका लागि भत्ता लिन घरबाट पाँच किलोमिटर टाढाको बैंक धाउन समस्या रहेकोबारे आफू जानकार रहेपनि कुनै ब्यवस्था गर्न नसकेको लाचारी सुनाए । उनले भने, ‘जेष्ठ नागरिकको भत्ता बैंकबाटै दिने प्रावधान रहेका कारण हामीले चाहेर पनि केही गर्न सकेका छैनौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार