रामचन्द्र पक्राउप्रति बाबुराम बोले : राजावादीलाई छुट, गणतन्त्रवादीलाई निषेधाज्ञा ?

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  789 पटक हेरिएको

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेपछि जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जाल ट्विट गर्दै तनहुँको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई पक्राउ गरेपछि असन्तुष्टि जनाएका हुन्।
गणतन्त्रको विरोध गर्दै राजावादीहरू देशव्यापी गरिरहेको प्रदर्शनमा सरकार मौन बसेको आरोप लगाएका छन्। तर, गणतन्त्तवादीलाई निषेधाज्ञा र गिरफ्तार गरेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्।
तनहुँमा पुल उद्घाटन गर्न सत्ताधारीहरूकै अवरोधलाई लिएर दालमा कालो देखिएको तर्क गरेका छन्।

‘राजावादीहरूलाई देशव्यापी वितण्डाको छुट तर गणतन्त्तवादीलाई निषेधाज्ञा र गिरफ्तार? प्रधानमन्त्री केपी शर्मा ओली सरकारको के हो चाला?’ उनले भनेका छन्, ‘रामचन्द्र पौडेल कै पालामा बनेको पुल उद्घाटन गर्न सत्ताधारीहरूद्वारा किन रोक? दालमा कालो देखियो है!’

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको छ। तनहुँमा पुल उद्घाटन कार्यक्रमका क्रममा कांग्रेस र नेकपानिकट युवा संघबीच विवाद भएपछि निषेधाज्ञा जारी गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार