पशुपतिनगर नाकाबाट तीन किशोरीको उद्दार

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  1004 पटक हेरिएको

इलाम । नेपाल भारत सिमानामा पर्ने इलामको पशुपतिनगर नाकाबाट तीनजना किशोरीको उद्धार गरीएको छ । संखुवासभा मकालु गाउँपालिका घर भएका १५÷१६ बर्ष उमेरका तीन किशोरीलाई माईती नेपाल, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले उनीहरुलाई उद्धार गरेको हो ।

शंखा लागेर सोधपुछ गर्दा युवतीलार्ई जागिरको प्रलोभनमा पारेर लगेको खुलेपछि किशोरीको उद्धार गरेको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले बताए । संखुवासभा घर भई हाल काठमाडौं बस्दै आएकी लाचेन शेर्पाले किशोरीलाई काठमाडौंमा जागिर लगाइदिने भन्दै एकहप्ता काठमाडौं लगेर राखिएको सोधपुछबाट खुलेको छ ।

काठमाडौ लगेर राखेका किशोरीलाई मासिक नौ हजार रुपैयाँ तलवमा भारत दार्जिलिङ्गमा काम खोजिदिएको भन्दै काठमाडौबाटै ती महिलाले फोन गरेको र उक्त महिलाले दार्जिलिङ्गका एक ब्यक्तिलाई फोन गरेर बोलाएर उनकै साथमा पठाएको सोधपुछको क्रममा खुलेको ढकालले बताए ।

पशुपतिनगर ल्याएका ति किशोरीलाई लिन भारतबाट सिमानाकामा गाडी आएको भएपनि नाका प्रबेश गर्ने क्रममा शंका लागेर किशोरीलाई सोधपुछ गर्दा जागिरको प्रलोभनमा परेर उनीहरु भारत जान लागेको पाइएकाले उनीहरुलाई नाकाबाटै उद्धार गरीएको ढकालले बताए उद्धार गरीएका तीनैजना किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको माइती नेपालले जनाएको छ ।

भारतसँग सीमा जोडिएको पशुपतिनगर नाका हुँदै दलालहरुले विभिन्न प्रलोभन देखाएर बेचविखनका लागी भारत लैजाने गर्दछन । नाका क्षेत्रका गाँउ–गाँउमा चेलिवेटी बेचविखन न्युनिकरणका लागी समन्वय सञ्जाल तथा विद्यालयमा चेतनामुलक कार्यक्रमहरु संचालन गरिएपनि भारततर्फ जाने महिला तथा बालबालिकाको संख्यामा कमी आउन सकेको छैन ।

पशुपतिनगरको मुख्य नाकामा माइती नेपालका कर्मचारी र नेपाल प्रहरीको टोली खटिने भएपनि दलालले सीमा क्षेत्रका साना गोरेटोबाट नेपाली चेली सिमा कटाउने गरेको पाइएको ढकालले बताए । ‘मुख्य नाकाबाट भन्दा पनि सहायक नाकाबाट बढी नेपाली चेलीहरुलाई भारतका विभिन्न ठाउँमा लगेर यौन हिंसासँगै जोखिमपूर्ण काममा लगाइने गरेको छ,’ ढकालले भने,‘पश्चिम नेपालबाट इलाम घुम्न लाने भन्दै दलालले फकाउने र इलाम आएपछि दार्जिलिङ घुम्न लाने भन्दै सीमा कटाउने गरेको छन् ।’

पशुपतिनगर नाकाबाट मात्रै होइन सीमा क्षेत्रका अन्य बाटोहरुबाट नेपाली किशोरी र महिलालाई दलालहरुले लैजाने गरेका छन् । नेपाल भारतका दुबै क्षेत्र पर्यटकीय क्षेत्र भएकाले दलाललाई श्रीमान–श्रीमती हो भनेर ओहोरदोहोर गर्न सजिलो हुने गरेको ढकालले बताए ।

मानव बेचविखन नियन्त्रणका लागी माइती नेपाल र प्रहरीको समन्वयमा सीमा क्षेत्रका विद्यालय, व्यापारीक केन्द्रका व्यपारी, यातायात व्यवसायीलाई सचेतना मुलक कार्यक्रम संचालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार