झापा र मोरङका अशक्त, बृद्ध र एकल महिलालाई मिग फाउन्डेसनद्वारा राहत

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  908 पटक हेरिएको

काठमाडाै ।   नेपाल मगर सांस्कृतिक संघ केन्द्रको संयोजकत्वमा, मिग फाउन्डेसन नेपालले झापा र मोरङका अशक्त, बृद्ध र एकल महिलालाई राहत वितरण गरेकाे छ ।

एकल महिला, बृद्धअबश्था आमावुवा र अशक्त पीडितहरुलाई लगडाउनको पिडामा मलम लगाउका लागि मिग फाउन्डेसन नेपालको राहत वितरण कार्यक्रम नेपाल मगर सांस्कृतिक संघ केन्द्रको संयोजकत्वमा, झापा जिल्लाका सांस्कृतिक संघका अध्यक्ष लिला(आईस्वरिया) थापा मगर र कनकाई नगरपालिकाको मगर संघको अध्यक्ष राज कुमार मगरको सहकार्यमा समाजसेवी मेघराज थापा, वाडा नं. ५ का अध्यक्ष श्याम घले र महेन्द्र थापा  र जंगबहादुर राना मगरको रोहबरमा २१ जना पीडितहरुलाई १ बोरा चामल, १ लिटर तेल, १ किलो दाल र १ किलो नुन राहत वितरण  गरेकाे छ  ।

त्यसैगरी मोरङ जिल्ला लेटाङ नगरपालिका, जातेमा बगिमाया मास्की, मंगल ब. मगर र लेटाङ बजारमा भाडामा बस्ने दृष्टिविहिन वृद्ध  फूल माया लुङ्गेली मगर र कोरनाको कारणले भर्खरै मृत्यू भएका लेटाङ बजार निवासी सागर थापाको श्रीमति लगायत  २५ जनालाई राहत वितरण गरेकाे छ  ।

उक्त राहतको लागि सहयोग गर्नुहुने देश विदेशमा रहनुहुने सम्पुर्ण मनकारि आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा साथै यो राहत संकलनको लागि र मर्दापर्दा मलम लगाई सेवा गर्नलाई भर्खरै जन्मिएको मिग फाउन्डेसन नेपालका सम्पुर्ण परिवारलाइ  नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय  अध्यक्ष कविराज मगरले धन्यबाद दिएका छन ।  ।

यसैगरि विनोद सारु मगर, समाजसेवी चन्द्र सुर्य खाद्यान्न फ्याक्टरिका ,संचालिका  चन्द्रकला सारु मगर र राहत वितरणमा पूरै दिन सहयोग  गर्ने युवा ब्यवसायी तथा लेटाङ बौद्ध गुम्बाका सचिब चित्र राना मगर,  झापा मगर संघका पूर्व अध्यक्ष तथा सृजना होटलका संचालक   रमेश थापा मगर, कनकाई नगरपालिका  त्रीबेणी टोलका समाजसेवी मेघराजको सपरिवारले  राहत वितरणन गर्न पुगेका  मिग फाउन्डेसन नेपाल  र सांस्कृतिक संघका समुहलाइ खान, बस्न र खाजाकाे  सहयाेग गरेकाे  अध्यक्ष कविराज मगरले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार