मन बहादुर पुन
काठमाडौं । मगर समुदायको महान् तथा पवित्र चाड भूमे (भूम्या) पर्व यस बर्ष भने (कोभिड १९)काे संक्रमण कारण सरकारले लगाएकाे जारी निषाधाज्ञाले गर्दा पुजा पाठ मात्र गरेर मनाउने भएकाे छ ।
नेपाल मगर संघ केन्द्रिय समिति र भुमे पर्व प्रतिष्ठान काठमाडाैकाे आयाेजनामा काठमाडाै, ललितपुर र भक्तपुरका मगर समुदायले पुजापाठ गरेर मनाउन लागेकाे हाे ।
भूमिको पूजार्चनापछि आपसमा शुभकामना आदानप्रदान गर्दै हप्ता दिनसम्म मनाइने यो पर्व प्राकृतिक प्रकोप नपरोस्, अन्न बाली सप्रियोस् , सुव्यफाव्य होस् भन्ने कामना गरिन्छ । आफन्तजनसँगको भेटघाट तथा आपसमा शुभकामना आदानप्रदान गर्दै मनाइने यो पर्व हरेक मगर बस्तीमा मनाउने प्रचलन छ ।
भूमे पर्वका अवसरमा अहिले मौलिक बाजाको तालसँगै मौलिक पहिरनमा सजिएका मगर युवा तथा वृद्धवृद्धा भूमे नाच नाच्ने गर्दछन् । बाइस ताल र बाइस चालमा नाचिने यो नाच गोलो घेरा बनाएर नाचिन्छ ।

809 पटक हेरिएको 

