धादिङ : धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ।
सुर्खेतबाट काठमाडौँ तर्फ आउदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आइतबार बिहान दुई बजे पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका १ गजुरी बजारमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जनाएको छ। बसमा पूर्णरुपमा क्षति पुगेको र ३६ जना यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ।
बसमा आगो लाग्नुको कारण थाहा नभए पनि वायरिङमा सट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ।
इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण कुनै पनि मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ।

732 पटक हेरिएको 

