मिडफिल्डर हेमन्त थापा मगर थ्री स्टारमा अनुबन्ध

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  797 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्णपदक विजेता मिडफिल्डर हेमन्त थापामगर थ्री स्टार क्लबमा अनुबन्ध भएका छन्।

हेमन्तले सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि थ्रीस्टारसँग आइतवार सम्झौता गरेका हुन्।

हेमन्तसँग दुई वर्षको सम्झौता भएको क्लबले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।

एन्फा एकेडेमीका उत्पादन हेमन्तले नेपालको उमेर समूहमा यू १३, १४, १६ र २३ खेलिसकेका छन्।

उनले यू–१४ र यू–१६ उमेर समूहमा टोलीको कप्तानी समेत गरिसकेका छन्।

१३ औँ दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले स्वर्ण पदक जित्दा उनी टोली सदस्य थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार