‘लण्डन टु पेरिस’बाट ठूलो पर्दाको यात्रामा मोडल गरिमा शर्मा

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  437 पटक हेरिएको

मोडल गरिमा शर्माले ठूलो पर्दाको यात्रा सुरु गरेकी छिन्। उनले चलचित्र ‘लण्डन टु पेरिस’बाट ठूलो पर्दाको यात्रा सुरु गर्ने भएकी हुन्।मोडल शर्मा र चलचित्र निर्माण टिमबीच लिखित सम्झौता भैसकेको छ।

एबी इन्टरनेसनलको ब्यानरमा बन्ने ‘लण्डन टु पेरिस’ले फिल्म उद्योगमा आफूलाई राम्रोसँग उभ्याउने गरिमाले विश्वास गरेकी छिन्। निर्माण टिमले गरिमाले चलचित्रमा कस्तो भूमिका निर्वाह गर्ने छिन् भनेर नखुलाएपनि उनी महत्वपूर्ण भूमिकामा देखिने जनाएको छ।

थुप्रै म्यूजिक भिडियोमा सफल अभिनय गरिसकेकी गरिमा फिल्ममा आफूले पाएको भूमिकालाई लिएर निक्कै आशावादी देखिएकी छिन्।

आधुनिक प्रेमकथा भन्ने यो चलचित्रमा अर्की अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यस अघि नै अनुबन्धित भैसकेकी छन्। अभिनेता सार्वजनिक नगरेको फिल्म निर्माण टिमले फस्टलुकसँगै अभिनेता सार्वजनिक गर्ने सोच बनाएको छ।

चलचित्र घनश्याम लामिछानेले निर्देशन गर्नेछन्। निर्देशक लामिछानेले यसअघि ‘धौली, अग्निदहन र पञ्चेबाजा’ लगायतका फिल्म निर्देशन गरिसकेका छन्। यो चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन्। फिल्म आगामी असारबाट छायांकनका जाने छ।

चलचित्रमा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माताले संयुक्त रुपमा लगानी गर्नेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार