धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिका–१ ऐश्वर्य सामुदायिक वनमा उनीहरुलाई पक्राउ गरेको हो ।
भारतको हरियाणा सोनीपथ बस्ने २१ बर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १७ बर्षीय शाहिल बादलिसे र २० बर्षीय सन्नी जाँटलाई लुटपाट तथा कुटपिटको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । कार भेटिएको क्षेत्रमा उनीहरुलाई पक्राउ गरेको हो ।
सोमबार विहान जिल्लाको गोदावरी नगरपालिका–४ सडक छेउमा एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखेका थिए । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी बुढितोला नपुग्दै जंगल रहेको क्षेत्रमा आलिताल गाउँपालिकाका कम्प्युटर अप्रेटर लोकेन्द्र सिंह भण्डारी हातुखुट्टा बाँधेर सडकमा लडिरहेको अवस्थामा स्थानीयले देखेका थिए ।
कञ्चनपुर दैजी घर भएका भण्डारीले महेन्द्रनगरबाट लिफ्ट मागेर आफ्नो निजी गाडीमा चढेका तीन जना भारतिय मुलका देखिने युवाले आफूलाई कुटपिट गरी जंगलमा हातखुट्टा बाधेर मोबाइल, पर्स र कार समेत लुटेर लगेको बताएका थिए ।
ढुंगाले हानेर टाउकोमा चोट समेत लागेका अवस्थामा भण्डारीको उद्धार गरेर अत्तरियास्थित पदमा अस्पतलामा उपचार भईरहेको छ । महेन्द्रनगर चमनचौराहमा चिया खानेक्रमा तीन जना अपरचित व्यक्तिले कैलालीको खानीडाडाँसम्म लगिदिन भनेर गाडीमा लिफ्ट मागेका थिए । सोमबार बिहान ८ बजे महेन्द्रनगरबाट डडेल्धुरा जान प्रदेश ०३–०१–२३ च ८७२१ नम्वरको सुजिकी कारमा तीन जनलाई लिफ्ट लिएर हिडेको घाइते अवस्थामा रहेका भण्डारीले बताए ।
गोदावरी भन्दा मागी गाईमारे नजिक पुगेपछि सुन्दर ठाउँ, सिन राम्रो रहेछ फोटो खिच्न भनेर गाडी रोख्न लगाए । फोटो खिच्दै सडक भन्दा तल खोल्चातिर गएपछि एकाएक चावी खोस्न लागेको उनले प्रहरीलाई बताएका छन् । धकेलाधुकुल भएपछि चक्कु निकालेर हान्ने जस्तो गरेको र चक्कु औलामा लागेर समान्य चोट लागेको जनाएको छ ।
कुटपिट गरेर हातखुट्टा बाँधेर नगद ५ हजार, मोबाइल र गाडीसमेत लगेर गएको उनले बताएका छन् । बिहान करिब १० बजे अथवा साढे १० बजेतिरको घटना भएको घस्रिदै तलबाट सडक छेउमा पुगेको उनले प्रहरीलाई बताएका थिए । कञ्चनपुरको दैजी घर भएका लोकेन्द्रसिंह भण्डारी डडेल्धुरा आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर हुन ।

325 पटक हेरिएको 

