मगर संघ अमेरिकाद्वारा नेपाल मगर संघलाई हेवी ड्युटी फोटोकपी प्रीन्टर मेसिन सहयाेग

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  290 पटक हेरिएको

काठमाडौं । मगर संघ अमेरिका शाखाले नेपाल मगर संघ केन्द्रीय कार्यालयलाई हेवी ड्युटी फोटोकपी प्रीन्टर मेसिन हस्तान्तरण गरिएको छ ।

अमेरिकाका प्रतिनिधि समाजसेवी गौचन बुढामगरले संघका अध्यक्ष ज्ञानेन्द्र पुनलाई मगर मुलघर कलन्कीमा हस्तान्तरण  गरेका थिए ।

‘फोटोकपी प्रीन्टर मेसिन हस्तान्तरण कार्यक्रमा अमेरिकाका प्रतिनिधि तथा समाजसेवी गौचन बुढामगरले आगामी दिनमा पनि नेपाल मगर संघलाइ सहयाेग गर्ने प्रतिबद्वता जनाए भने डा. बिष्णु कुमार सिंजाली मगर, बरिष्ठ अधिबक्ता गाै बहादुर आले मगर,  ‘मगर संघका पुर्व सल्लाहकार दिल बहादुर थापा मगर र कृष्ण थापा मगरले मन्तव्य राखेका थिए ।

नेपाल मगर संघलाई डिजिटल मैत्री बनाउन सहजताका लागि  सहयाेग गर्ने मगर संघ अमेरिकालाइ   अध्यक्ष ज्ञानेन्द्र पुन मगरले धन्यवाद दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार