मासु खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  281 पटक हेरिएको

चितवन- मासु खाँदा घाँटीमा अड्किएर चितवनका एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री छन्।

सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो।

पुरानो मेडिकल कलेज पुर्‍याउना साथ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार