हिमपहिरोमा बेपत्ता तीन शेर्पाको खोजतलास जारी

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  295 पटक हेरिएको

काठमाडौँ, । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जना शेर्पाको खोजतलास तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार चालु वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्‍याउने क्रममा आधार शिविरदेखि माथि क्याम्प–१ को बीचमा आइसफल क्षेत्रको दाम भन्ने स्थानमा आज बुधबार बिहान हिउँको ढिस्कोले पुरिएर दाछिरी शेर्पा, पेम्वा तेन्जिङ शेर्पा र लाक्पा रीता शेर्पा बेपत्ता भएका हुन् ।

बेपत्ता भएका तीनैजना इमाजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिका तर्फबाट खटिएका खुम्बु पासाल्हामु गाउँपालिका–५ निवासी हुन् । सिम्रिक एयरको हेलिकप्टर र स्थलगत मार्गबाट तीव्ररूपमा बेपत्ताको खोजतलास तथा उद्धार कार्य जारी रहेको विभागले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

उक्त कार्यमा स्थानीय प्रशासन, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार सङ्घ, इमाजिन एक्सिपिडिसन कम्पनी र पर्वतारोहण सञ्चालक सङ्घ नेपालसँगको सहकार्य रहेको विभागले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार