मनास्लु पोष्टका कार्यकारी सम्पादक राजकुमार रायमाझीलाई लोक पत्रकारिता सम्मान

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  147 पटक हेरिएको


मन बहादुर पुन

काठमाडौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल, उपत्यका समन्वय समितिले आयोजना गरेको आठौ राष्ट्रिय लोक दोहोरी अवार्ड—२०८० कार्यक्रममा लोकप्रिय सञ्चारकर्मी, गायक, सर्जक, अभिनेता तथा मनास्लु पोष्टका कार्यकारी सम्पादक राजकुमार रायमाझी लोक पत्रकारिता पुरस्कारद्धारा सम्मानित भएकाछन ।


२०६२ मा रेडियो एचबिसिबाट सञ्चार क्षेत्रमा प्रबेश गरेका राजकुमार रायमाझीले नेपाल टेलिभिजन, नेपाल टेलिभिजन प्लस, टि. भि टुडे, रेडियो उपत्यका, रेडियो मलमलामा लामो समय लोक संगीत सम्बन्धी कार्यक्रम सञ्चालन गरेकाथिए भने संगीतयात्रा राष्ट्रिय मासिक र जनदृष्टिकोण राष्ट्रिय मासिकमा निरन्तर कलम चलाएकाथिए ।

रेडियो एन.आर.एनमा दैनिक कार्यक्रम लोक श्रृजना सञ्चालन गर्दै आएका रायमाझी मनास्लु पोष्ट दैनिकको कार्यकारी सम्पादकको भुमिका निर्वाहसँगै मनास्लु टेलिभिजनबाट सांंगीतिक बहस सञ्चालन गर्दै आएकाछन ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल केन्द्रीय सििमतिका सह—सचिव एवं सञ्चार विभाग प्रमुख बहुप्रतिभाका धनि राजकुमार रायमाझीले तिन दर्जन बढि गीत संगीतमा आफ्नो स्वर, शब्द, लय रेर्कड गराउनुको साथै दर्जनौ नेपाली चलचित्र, टेलिफिल्म, म्यूजिक भिडियोमा अभिनय गरिसकेकाछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार