– उमेश राना‘गोर्खाली’
भूमिका
विसं.१९०३ कोरक्तपातपूर्ण कोतपर्व,त्यस पछिको भण्डारखाल पर्व र अलौ युद्धबाट राजकीय शक्ति हत्याई देशमा एकतन्त्रीय, हुकुमी, निरंकुश र सर्वसत्तावादी शासन सुरु गर्ने जङ्ग बहादुर जस्ता क्रूर शासकको पञ्जाबाट देशलाई मुक्त गराई सर्वसाधारणलाई स्वतन्त्र र स्वाधीन बनाउँदै स्वाभिमानी पूर्वक बाँच्न पाउने जन्म सिद्ध अधिकारका लागि जनस्तरबाट एकीकृत र संगठित भई सशस्त्र विद्रोहको क्रममा सबै भन्दा पहिले लखन थापा मगर त्यस पछि उनका छ जना सहयोद्धाहरू गोरखा बुङ्कोटको विद्रोही किल्ला परिसरमा विसं.१९३३ पुष ७ गतेका दिन निर्ममता पूर्वक झुन्ड्याएर मारिएको इतिहास प्रष्ट छ । त्यसैले लखन थापा अग्रणी सहिद मात्र होइनन् सहिद शिरोमणि हुन् । त्यसैले उनी राष्ट्रका सच्चा विभूति पनि हुन् । लखनको त्याग, तपस्या र बलिदानको इतिहास दिनको घाम झैं छर्लङ्ग भइसकेको छ ।
विद्रोहकै दौरान, बुङ्कोटको काहुले भंगारमा निर्मित पाँच तल्ले युद्धकिल्लाको भग्नावशेष र तत्काल प्रयोगमा ल्याइएका केही पुरातात्विक हातहतियारहरू गाउँमा सुरक्षित छन् । ती योद्धाहरूलाई झुन्ड्याएर मारेपछि स्वयं जङ्ग बहादुरलाई त्यसको पछुतो भयोर पाप मोचनका लागि उनले गोरखाका बासिन्दालाई राज्यकोषबाट केही रकम निकाशा गरीदिए तर स्थानीयहरूले रकम बुझ्न पहिले त इन्कारै गरे । पछि जङ्ग बहादुरको क्रोधको शिकार भइने डरले त्यो बुझी त्यसैबाट ठूलो घण्टाबनाई गोरखकाली मन्दिरमा दिवंगत लखन थापाको स्मृतिमा चढाए । यो घटना १९३३ माघ सुदी ८ (तदनुसार १९३३ माघ ११ गते) को थियो । उक्त घण्टा मन्दिर परिसरमा अद्यापि छँदैछ । यसले लखन थापा प्रति गोरखालीहरूको साथ, सहयोग र समर्थन कति रहेछ, त्योसहजै बुझ्न सकिन्छ । त्यस्तै बुङ्कोटको काहुले भंगार स्थित युद्धगढीबाट केही दक्षिणको पहरामा प्रत्येक पुष महिनाको पहिलो पञ्चमी तिथि पारीउनै लखनलाई स्थानीयले ‘भँयरी देवता’ का रूपमा पूज्दछन् ।
जन जनमा बस्न सफल भएकै कारण यिनको देवत्वकरण भएको र यिनीप्रति गाउँलेहरूको अपार स्नेह,श्रद्धार भक्तिभाव रहेको पाइन्छ ।
जनस्तरबाट सशस्त्र युद्धमा होमिएका लखन थापाको क्रान्तिकारी इतिहास हिजोका शासकवर्गले बाहिर आउन दिएनन् । देशमा २४० वर्ष पुरानो सामन्तीसत्ता ढले पछि जनताका स्वर्णिम इतिहासएकपछि अर्को उजागर हुँदै आएको हो ।त्यही क्रममा लखन थापा जस्ता देश भक्त सपूतको बलिदानी गाथाहरू क्रमशः प्रकाशमा आएका हुन् । यिनले जनताको हितलाई केन्द्रमा राखी निरंकुशताको विकल्पमा ‘सत्ययुग’ अर्थात् उदार व्यवस्थाको पैरवी गरी देशमा प्रजातान्त्रिक माहोल सिर्जना गर्न सुरुमै बलिदान भएको हुँदा क्रान्तिकारी लखन थापालाई देशैभर स्थापित गर्ने जिम्मेवारी पनि हामी सबैको हो।
विद्रोहको स्वरूप
गोरखा बुङ्कोटको विद्रोह अद्भुत प्रकृतिको थियो, जसले जङ्ग बहादुर जस्ता क्रूर शासकलाई पनि भयभीत बनायो । विद्रोहीहरू जङ्ग बहादुरको निरंकुश सत्तालाई जरैदेखि निर्मूल पारी सर्वसाधारणलाई स्वतन्त्रतार स्वाधीनता दिलाउन चाहान्थे,आफ्नो भाग्य र भविष्यको निर्माता बनाउन चाहान्थे तर शासक वर्गले सैन्यबलमा विद्रोहलाई निर्ममता पूर्वक दबायो । लखनसँगै उनका छ जना कट्टर कार्यकर्ताहरू विद्रोही किल्ला परिसर मै झुन्ड्याइएका थिए।
बुङ्कोटको यो कहाली लाग्दो घटनाले आम समुदायमा शासकसामु लड्ने विद्रोही भावनाको विकास गरायो । त्यही चेतनाको आलोकमा देशमा कैयन् विद्रोह र परिवर्तन सम्भव भए । हामीले पाएकोे लोकतन्त्र, धर्म निरपेक्षता, समावेशीता, न्याय, समानता र सुशासनजस्ता जनसरोकारका मुद्दाहरूलाई अहिलेको संविधानमा समेट्न यही विद्रोहले प्रेरित ग¥यो । त्यसैले नेपालको राजनैतिक इतिहासमा लोकतान्त्रिक आन्दोलनको सूत्रपात गोरखाको बुङ्कोटबाटै भएकोमा कुनै सन्देह छैन ।
विसं.१९३२मा सुरु भएको यो ऐतिहासिक जनविद्रोहलाई विशेष महत्व दिँदै थुप्रै देशी–विदेशी विद्वान लेकलम चलाएका छन् तर उनीहरू क्रान्तिकारी लखन थापा जति सम्मानका हकदार छन् त्यति सम्मान उनलाई किन गरिँदैन ? भनेर जिज्ञासा राख्छन् ।सामान्यतः कुनै क्षेत्रमा अपूर्व, अद्भुत वा अविस्मरणीय योगदान दिई त्यसको ख्याति राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा फैलाउन र राष्ट्रको गौरव बढाउन विशेष भूमिका खेल्ने कुनै पनि महा मानवलाई राष्ट्रको विभूति मान्ने र विशेष प्रकारले सम्मान गर्ने प्रचलन सर्वत्र छ । यही परम्परा हामी कहाँ यसरी ल्याइयो कि जो सत्ता वा शक्तिमा छन्, जो सत्ताका परम भक्त वा पूजारी छन् र जो शासकका निकट वा पहुँचमा छन् त्यस्ताहरू कै बोलवालारह्यो । यो प्रवृत्तिको अन्त्य गर्दै ओझेलमा पारिएका तमाम देशभक्तहरूलाई अब खोजी–खोजी जनसमक्ष ल्याएर तिनलाई राज्यबाट यथोचित सम्मान दिएमा सरकार जनउत्तरदायी भएको सन्देश जानेछ।
लेखक– उमेश राना‘गोर्खाली’
लखन थापाको पृष्ठभूमि
जङ्ग बहादुर राणाको समय सामन्तीहरूको कठोर युग थियो । संसारमा एकसेएक बादशाह र तानाशाह जन्मि रहेका थिए । तिनलाई हात लिएर अंग्रेजहरूले साम्राज्य फैलाइरहेका थिए । कतिपय भूभाग उपनिवेश बनाई त्यहाँको श्रोत, साधन कब्जा गर्दै देशलाई कंगाल र जनतालाई गुलाम बनाइरहेका थिए । दक्षिण एशियामा नेपाल मात्रै बच्यो, जसलाई अंग्रेजहरूले गिजोल्न सकेनन् । विगतमा गोरखालीहरूले अंग्रेजलाई ठूल्ठूला युद्धमा हराए पनि सुगौली सन्धिमा एकतिहाई भूभाग गुमाउनु परेको थियो । त्यसैले तिनमा अंग्रेज विरोधी सैन्य भावना थियो र दुई महान शक्तिराष्ट्रका बीचमा पनि आफ्नो अस्तित्व जोगाउन हाम्रा पुर्खाहरू सक्षम भएका थिए । त्यसैले गोरखालीहरूले संसारमै वीरताको प्रसिद्घि कमाए। लखन थापा, तिनै वीरहरूका होनहार सन्तति थिए ।
लखन, निकै सुझबुझ भएका सैनिक थिए र जस्तोसुकै परिस्थितिमा पनि सही कदम चाल्नसक्ने खूबी भएकाले यिनी क्षमतावान् सैन्य अधिकारीमा गनिन्थे। तर सेनामा राणाहरूकै एकाधिकार र बोलवाला थियो, अरूमाथि चर्को पक्षपात गरिन्थ्यो । जतिसुकै योग्य भए पनि सर्वसाधारणहरूले माथिल्लो दर्जा पाउँदैनथे । यही विभेदको शिकार बने, लखन । आफ्ना पुर्खाहरूले झंै उच्च पदाधिकारी भई ईमान्दारी पूर्वक देशको सेवा गरेर शासकले बिगारेकाथितिहरू सम्हाल्ने अवसर नपाउँदा लखन रूष्ट हुनु स्वभाविकैथियो । त्यसैले,सन् १८७५ मा सबैलाई मिलाएर उनले एक गुप्त (सैन्य) संगठन बनाए । शासकबाट यो छिपेन, सेनामा राम्रो पकड जमाएका लखनबाट सैन्य सङ्गठनमा पर्ने प्रभाव एवं आफूलाई हुनसक्ने खतरा रोक्न जङ्ग बहादुरले सेनाबाट सन् १८७६ मा बर्खास्त गरे । देशको बागडोर जनविरोधीको हातमा भएकोले जङ्ग बहादुरको अन्त्य नभएसम्म सर्वसाधारणले सुख, शान्तिसँग बाँच्न नपाउने र देशले काँचुली पनि नफेर्ने निश्चित देखिएपछि लखनले जनविद्रोहको कठीनबाटो रोज्नुप¥यो।
भनिन्छ, मानिसले अग्रजबाट प्रेरणा लिने गर्छन् । लखनले सबैभन्दा पहिले चेतनाको दियो बाले, त्यसैको आलोकमा अरूले बाटो पहिल्याए । राणाविरूद्ध सङ्गठित हुने र संघर्ष गर्ने ऊर्जा पाएर कैयन् देशभक्तहरू मैदानमा ओर्लिए पनि । यो जन जागृतिको मुहान निश्चय नै बुङ्कोट थियो । त्यसअघि शासकप्रति विद्रोही चेतना र भावना जनस्तरमा पैदा भएकै थिएन । बुङ्कोट विद्रोहकै जगमा उठेको राजनीतिक चेतनाले १९९७ सालको शहादत हुँदै ०७ सालमा राणाशासन समाप्त गरायो । त्यस्तै संघर्षहरू २०२७, २०३६ र २०४६ साल हुँदै देश लामो जनयुद्धमा होमियो र २०६२÷६३ को बृहत् आन्दोलनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो । यो महान जनताहरूको बलिदानको प्रतिफल थियो तर प्रेरणाको श्रोतभने उही बुङ्कोट कै ऐतिहासिक विद्रोहथियो । विगतको इतिहासलाई हेर्दा पनि ०७ सालमा नेपाली काँग्रेसले र १० वर्षे जनयुद्धमा नेकपा माओवादीले अख्तियार गरेकोयुद्धनीतिमा बुङ्कोट विद्रोहको स्पष्ट प्रभाव देखिन्छ । अझ माओवादी पार्टीले त लखन थापाको विद्रोहलाई सामन्ती व्यवस्था विरुद्धको पहिलो विद्रोह मान्दैआएको छ ।संयोगको कुरो, यी दुवै दल अहिले सत्ता साझेदार छन् र यिनले पार्टीको राजनीतिक धरातललाई स्मरण गर्दै विगतको आदर्शलाई खोला तरेर लौरो भूलेजस्तो कदापि नगरून् !
यही परिप्रेक्ष्यमा अग्रणी सहिद लखन थापा मगरको विशिष्ट योगदानको कदर गर्दै देहायका तथ्यगत आधारमाउनलाई राष्ट्रिय विभूतिको सम्मान दिँदै उनीसँगै मारिएका जयसिंह चुमी मगर, पहलसिंह अछामी मगर, अजपसिंह थापा मगर, विराज थापा मगर, जुठ्या थापा मगर, जितमान गुरुङहरूलाई सहिदको दर्जा दिएर राज्यले तिनको कदर गर्नर बुङ्कोट विद्रोहको ऐतिहासिक पृष्ठभूमिलाई समेट्दै विद्यालयको पाठ्यक्रममा जोड्न सरकार समक्ष यो लेखक जोडदार माग गर्दछः
तथ्यगत आधारहरू
(१) विगतका सामन्ती शासकविरूद्ध जे जति हत्या, हिँसाहरू भए ती सत्ता, शक्ति र प्रतिशोधमा केन्द्रीत षड्यन्त्रथिए । तिनमा देश र जनताका लागि कुनै योजना वा कार्यक्रम थिएन ।त्यसैले ती संघर्षहरू लोकहितमा देखिँदैनन् । सत्ता र शक्तिका लागि लुछाचुँडी गर्नेहरू सफलै हुन्थे भने पनि देशमा अर्कै निरंकुशताको जन्म हुन्थ्यो,जनताले जनपक्षीय शासक पाउन कठिनै हुन्थ्यो ।जबकि बुङ्कोट विद्रोह निस्वार्थ ढङ्गले जनहितमा अघिबढेको र त्यसले स्वर्णिम युग फर्काउने सुन्दर परिकल्पना गरेको देखिन्छ ।
(२) लखन थापा होनहार देशभक्त मात्र नभई शिक्षित, चेतनशील र दूरदृष्टि भएका क्रान्तिकारी योद्धा थिए । उनी देशमा बिग्रँदै गएको थिति सम्हाल्ने र देशको काँचुली फेर्न चाहान्थे ।
(३) लखन थापाले जङ्ग बहादुरको निरंकुशतालाई खुल्लेआम ललकारेका थिए र विकल्पमा सत्ययुगको जस्तो उदार व्यवस्था ल्याउने उद्घोष गरेका थिए । त्यसैले उनी न्याय र समानताका आधारमा चल्ने प्रजातान्त्रिक परिपाटी फर्काउने पक्षमा देखिन्छन् । विगतमा यस्तो परिकल्पना अरुले गरेका थिएनन् ।
(४) विद्रोहमा सर्वसाधारणको सहभागिता, युद्धकिल्लाको निर्माण, हातहतियारको बन्दोबस्तर राजनैतिक दृष्टिकोण सहितको स्पष्ट लक्ष्य नभइदिएका भए यो ऐतिहासिक विद्रोह अत्यन्तअद्भुत प्रकृतिको घटना बनेर नेपाली इतिहासमा दर्ज हुने थिएन ।
(५) विद्रोहको दौरानमा लखन थापाले देशको स्वाधीनता, स्वाभिमान जोगाउँदै सर्वसाधारणलाई स्वतन्त्र बनाउँदै भेदभावरहित न्याय र समानतामा चल्ने सत्ययुगको जस्तो उदार व्यवस्था फर्काउने बाचा गरेका थिए ।
(६) निरंकुश शासकको अन्त्य नभए सम्म देश र जनताले उन्मुक्ति नपाउने, कसैले स्वतन्त्रा पूर्वक बाँच्न नपाउने एवं देश र जनताले समुन्नतिगर्न नसक्ने अकाट्य सत्यप्रति लखन थापाको गहिरो प्रतिबद्धता देखिन्छ।
(७) जङ्ग बहादुरको जल्दोबल्दो समयमा पनि लखन थापाले जन चाहना अनुरूपको शासन व्यवस्था स्थापित गर्नुपर्छ भनेर जनविद्रोह नगरेका भए जनस्तरमा विद्रोही चेतना फैलिने थिएन र राणा विरोधी आन्दोलनको जन्म हुने थिएन ।
(८) शासकविरुद्धको संघर्षमा जनजागरण अभियान चलाई राजनैतिक संगठन गरेर जनएकताको निर्माण गरी त्यही बलमा सामन्ती सत्ता अन्त्य गर्ने क्रान्तिकारी योजना ल्याएका कारण लखन थापा नेपाली जनजागरणका अग्रणी (पायोनियर) पुरुष थिए।
(९)लखन थापा, नेपालको राजनैतिक इतिहासमा क्रान्तिकारी योद्धा, धार्मिक अभियन्ता र समाज सुधारकको रूपमा परिचित एक अनुकरणीय र अविस्मरणीय पात्र भएकाले लखनलाई राष्ट्रिय विभूतिकोसम्मान नदिँदा अन्याय हुनेछर ऐतिहासिक बुङ्कोट विद्रोहको अवमूल्यन हुनेछ ।
(१०) लखन थापा कसैको कृपाले नभई आफ्नैमहान त्याग, तपस्या र बलिदानले प्रथम सहिद भएका हुन्तर त्यो योगदान स्वदेशमै सीमित रह्यो । लखन थापाले सत्ययुग अर्थात् उदार व्यवस्था (प्रजातन्त्र/लोकतन्त्र)को सुरुमै पैरवीगरी अन्तर्राष्ट्रिय छवि बनाएकाले यिनको पहिचान विश्वभर फैलाउन पनि देशको राष्ट्रिय विभूति बनाउन आवश्यकछ।
(११) लखन थापाले ‘जङ्ग बहादुरले नेपाल म्लेच्छलाई बेच्यो’ भनेर त्यसै खोट लाएका थिएनन् उनले त म्लेच्छ (विदेशी)को दलाली गर्ने शासकीय व्यवहारबाट देशमा विदेशी हस्तक्षेप हावी हुने कुरालाई औंलाएका थिए र त्यसविरुद्ध एकढिक्का भई लड्नसर्वसाधारणलाई आह्वान गरेका थिए। यो राजनैतिक दूरदर्शिता थियो । यस्तो हस्तक्षेपको चिन्ता देशलेहाल सम्म गरिरहेकै छ ।
(१२) धर्मभीरु नेपाली समाजलाई क्रान्तिकारी बाटोमा डो¥याउन लखन थापाले जोसमनी सन्तपरम्परा अँगाल्दै हिन्दूधर्मका नाममा भित्रिएका कुरीतिहरू समाप्त गरी उन्नत समाजको निर्माण गर्ने रसर्वसाधारणलाई सुन्दर जीवन एवं सुरक्षित भविष्य दिलाउन चाहेका थिए । त्यसैको लागि उनलेठूलो सशस्त्र समूह बनाए, जसले जङ्ग बहादुर जस्ता सामन्ती शासकको अन्त्य गर्ने संकल्प गरेका थिए ।
केही दरबारिया कर्मकाण्डीहरूको इशारामा यिनलाई राज्यले मृत्युदण्ड दियो । नेपाली इतिहासमा सन्तहरूले राज्य विप्लव गर्ने कोसिस गरेको यो पहिलो घटना थियो । यस अर्थमा लखन थापा मगर देशकै पहिलो धार्मिक सहिदपनि हुन् ।
बुङ्कोट विद्रोह नेपाली इतिहासको अभूतपूर्व घटना भएकोले यसले देशको गरिमा बढाएको छ, यसमा कसैले विमति हुन सक्दैन । यदि यो विद्रोहसफल हुन्थ्यो भने देश र देशबासीहरूले १०४ वर्षे कालरात्रि पक्कै पनि व्यहोर्नुपर्ने थिएन ।
अन्त्यमा
शासकवर्गको कठोर निरंकुशताविरूद्ध जनस्तरबाट उठेका एक क्रान्तिकारी नेता लखन थापालाई राष्ट्रिय विभूति बनाउँदा एक सच्चा सपूतको कदर मात्र होइन, अपितु देश र जनताका लागि जीवन समर्पण गर्ने एक क्रान्तिकारी देशभक्तको पनि सम्मान बढ्नेछ र नेपाली इतिहासमा पहिलो पल्ट एक अथक राजनैतिक योद्धाको यथोचित कदर हुनेछ । थप एक अविस्मरणीय प्रतिभा चिनिनेछ जसले देशभक्तिको अमर नमूना प्रस्तुत गरेर सबैका लागि,सधैंका लागि प्रेरणा प्रदान गरेको छ । यसले नयाँ पिढीलाई अन्याय, अत्याचारविरुद्ध लड्न र देशभक्तहरूका अधुरा सपना पूरा गर्न अभिप्रेरित गर्नेछ । त्यतिखेर राष्ट्रप्रति समर्पित हुनेहरूलाई हौसला मिल्नेछ । मातृभूमिको लागि जुनसुकै क्षेत्रमा पनि अपूर्व, अद्भुत वा अविस्मरणीय योगदान दिई राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा त्यसको गौरव बढाउन विशेष भूमिका खेल्ने महापुरुषलाई सम्मानित गर्दा सरकारकै छवि राम्रो हुनेमा शंका छैन।