कपनबाट हराएकी १९ वर्षीया युवतीको शव पशुपतिको जंगलमा भेटियो

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  16 पटक हेरिएको

काठमाडौँको पशुपति क्षेत्रको जंगलमा १९ वर्षीया युवतीको शव भेटिएको छ ।

पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकै सिन्धुली घर भएकी १९ वर्षीया युवतीको शव भेटिएको प्रहरीले जनाएको छ।गौशाला प्रहरी वृत्तका अनुसार उक्त शव सिन्धुली घर भएकी सुस्मिता थापाको हो । उनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान मर्निङवाकमा गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ। केही दिनअघि भक्तपुर आफन्तकोमा जान्छु भनेर उनी कोठाबाट निस्केपछि बेपत्ता भएकी आफन्तले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार