काठमाडौं : धौलागिरि हिमाल आरोहणका क्रममा मृत्यु भएका पाँच पर्वातारोहीको शव ल्याउन आज उद्धार टोली पठाउने तयारी भइरहेको छ।
म्याग्दी प्रहरीका अनुसार प्रतिकुल मौसमका कारण एक सातादेखि उनीहरुको शव ल्याउन सकिएको छैन। लगातार तीन दिनेदेखि प्रयास भइरहे पनि हिमालमा कुहिरो लागेकाले हेलिकप्टर जान नसकोको म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए। मौसम अनुकुल भए प्रयास जारी राख्ने उनले बताए।
घटनास्थल निकै खोँचमा रहेकाले शव ल्याउन समस्या भइरहेको छ । घटनास्थलमा शेर्पाहरूको टोली पठाएर बेसक्याम्पबाट हेलिकप्टर शव ल्याउने विकल्पमा समेत छलफल भइरहेको छ। धौलागिरि हिमाल आरोहणका क्रममा म्याग्दीको धवलागिरि गाउँपालिका-४ बाट असोज २१ गते दिउँसोदेखि पाँच जना रुसी नागरिक बेपत्ता भएका थिए ।
‘आई एम ट्रेकिङ एण्ड एक्सपीडिसन’मार्फत रुसका १४ पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए। यस क्रममा नौ पर्वतरोही बिचमै आरोहण रद्द गरेर फर्किएका थिए।

304 पटक हेरिएको 

