गाजामा इजरायलको आक्रमण, ७३ जनाको मृत्यु

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  एजेन्सी  287 पटक हेरिएको

काठमाडौं : उत्तरी गाजाको बेत लाहिया सहरमा इजरायलले गरेको आक्रमणमा कम्तीमा ७३ जनाको मृत्यु भएको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा महिला र बालबालिकाहरुसमेत छन् भने ठूलो संख्यामा मानिसहरु घाइते भएका छन्। गएराति भएको बम विस्फोटपछि अझै पनि भग्नावशेष मुनि कयौँ मानिस फसेको आशंका गरिएको छ।

हमास अधिकारीहरुले इजरायलले कुनै पनि पूर्व सूचना तथा चेतावनी जारी नगरी सहरमा बम वर्षा गराएको हो। इजरायलले भने हताहतको विवरण लिइरहेको जनाएको छ।

हमासको स्वास्थ्य मन्त्रालयले आवसीय भवनहरु र भीड भएको क्षेत्रमा अचानक आक्रमण हुँदा ठूलो मानवीय क्षति भएको र इन्टरनेट तथा सञ्चार सम्बन्ध विच्छेद हुँदा उद्धारमा समस्या भइरहेको जनाएको छ।

यसैबीच इजरायली सेनाले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएको छ। यससँगै त्यहाँका बासिन्दालाई दक्षिणी बेरुतका केही भाग तत्काल छाड्न इजरायलले निर्देशन दिएको हो।

उता लेबनानको पूर्वी बेका उपत्यकामा इजरायली आक्रमणमा परी एक मेयरसहित चार जनाको मृत्यु भएको लेबनानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार