काठमाडौं । तिलक रोका मगर र तुलसी घर्तीको स्वरमा रहेको गीत सान्नानीको रुमालै फरर’ सार्वजनिक भएको छ ।
तिलक रोका मगरको शब्द रचना,अमर रोका मगरको एरेञ्ज र कुमार सानु पुनको मिक्सिङ तथा माष्टरिङ रहेको गीत सान्नानीको रुमालै फररको भिडियो तिहारको अवसरमा सार्वजनिक भएको हो ।
गीतमा आफूले मन पराएको मान्छेको छहारीमा जिउन चाहने आशय व्यक्त गरिएको छ । आफ्नो प्यारो मान्छेको हृदयको धडकन बन्न चाह यसमा व्यक्त गरिएको छ । शब्दहरू प्रेमिल छन् भने संगीत पनि कर्णप्रिय छ ।
भिडियोमा संजय बुढाथोकी मगरको छायांकन एवं तिलक रोका मगरको निर्देशन, सम्पादन रहेको छ । सान्नानीको रुमालै फरर गीतलाई संगीत फिल्मस अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

740 पटक हेरिएको 

