सर्लाहीको बरहथवा बजारमा भीषण आगलागी, पसलहरू जल्दा तीन करोडको क्षति

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  रासस  62 पटक हेरिएको

काठमाडौं : सर्लाहीको बरहथवा बजारमा गएराति भीषण आगलागीबाट करिब तीन करोड बराबरको भौतिक क्षति भएको छ।

बरहथवा नगरपालिका-७ का किसुन दासको घरमा सञ्चालित विभिन्न पसलमा भएको आगलागीबाट व्यापक क्षति पुगेको हो। आगलागीबाट नरेश साहले सञ्चालन गरेको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने पसलमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

डीएसपी गौतम थापाले अनुसारआगलागीबाट करिब तीन करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको जानकारी दिए। नरेश साहको किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री गोदाम गरेर राखिएकाले आगलागीबाट सोही पसलमा बढी क्षति पुगेको छ।

आगलागी नियन्त्रण गर्न दुई घण्टाभन्दा बढी समय लागेको छ। शुक्रबार राति ११ः३० बजेतिर शुरु भएको आगलागी राति २ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो। स्थानीय वासिन्दा, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बरहथवा प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार