बालेन साह एमालेविरुद्ध परिचालित भए : शंकर पोखरेल

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  338 पटक हेरिएको

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन्।

दरबारमार्गमा शुक्रबार जागरणसभाका क्रममा फोहोर गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई  एक लाख रुपैयाँ जरिवाना गरेपछि पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन्।

सामाजिक संजालमा लेख्दै महासचिव पोखरेलले आफ्ना स्वयंसेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै गर्दा मेयरको निर्देशनमा जरिवानाको पर्चा सार्वजनिक गरेर स्टण्टबाजी गरिएको टिप्पणी गरेका छन्। ‘मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टण्टवाजीमा थियो, जुन समयअगावै सार्वजनिक गरियो’, पोखरेलले लखेका छन्, ‘नेकपा(एमाले) पार्टी आफ्नो कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर बालेनलाई।’

आफूहरुको जागरणसभा यो प्रकारको स्टण्टबाजी गर्नेलाई सचेत बनाउन पनि रहेको पोखरेलले बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार