काठमाडौं । काठमाडौंको टुँडिखेलमा यहीँ असार १ गते देखि ३ गते सम्म भब्य रुपमा भूमे पर्व २०८२ मनाइने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री माननिय बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा उदघाटन हुने मगर समुदायको मौलिक सांस्कृतिक चाड भुमे पर्व राजधानीको टुँडीखेलमा भब्य रुपमा मनाउन लागिएको हो । नेपाल मगर संघ केन्द्रीय समितिको संरक्षकत्वमा भूमे पर्व संरक्षण नेपाल, केन्द्रीय समितिको आयोजनामा टुँडीखेलमा ३ दिन सम्म भूमे पर्व मनाउन लागिएको भूमे पर्व संरक्षण नेपाल, केन्द्रीय समितिका केन्द्रीय अध्यक्ष बागलाल बुढा मगरले बताए ।
कार्यक्रममा नेपालभरबाट मगरहरुको उपस्थिति भइ मगर समुदायको संस्कृती विश्वमाझ झल्काइने नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरले बताए । साथै, उनले विश्वभर छरिएर रहेका मगर सुदायहरुलाई आ–आफ्नो स्थानमा यस पर्वलाई भब्य रुपले मनाउन आह्वन समेत गरेका छन् ।
मगर समुदायले भूमे पर्वलाई प्रत्येक वर्ष वर्खा सुरु भएसँगै असारको पहिलो साता प्रकृति पूजाको रुपमा मनाउने गर्दछन् । पर्वमा मगर समुदायको मौलिक पहिचान बोकेको भूमे नाच र मगरको पहिचान झल्किने पोशाकमा सजिने गर्दछन् ।
महिला गुन्यौँ चोली, पटुका र पछ्यौरामा सजिने छन् भने पुरुषहरु फेटा, ढाका टोपीसँगै कम्बरमा खुकुरी भिरेर मगर संस्कृतीको प्रर्दशन गर्दछन् ।
परापूर्व कालदेखि १८ मगरात क्षेत्रका रूकुम पूर्व, उत्तर पूर्वि रोल्पासहित पश्चिम बाग्लुङका मगर समूदायहरुले हर्षोल्लासको साथ ५ दिनसम्म भूमे पर्व धुमधामले मनाउने चलन छ ।
भूमे पर्वलाई यस क्षेत्रमा सबैभन्दा ठूलो उत्सवको रुपमा लिईन्छ । अन्न बालीको राम्रो उब्जनी, प्राकृतिक विपत्तिबाट जोगाउन, घर परिवारमा निरोगिता, आफन्तमाझ सामाजिक सदभाव राख्न यो पर्व विशेष रूपमा मनाउँदै आइएको छ ।