मृगौला पिडित तुलसी थापा मगरको उपचारको लागि रक्षा रैका मगरले गरे ५० हजार सहयोग

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  624 पटक हेरिएको

मन बहादुर पुन 

काठमाडौ – उपचारका लागि अस्पताल भर्ना भएकी मृगौला पिडित तुलसी थापा मगरको उपचार सहयोगको लागि नेपाल मगर संघ, केन्द्रीय समितिका उपाध्यक्ष तथा अधिवक्ता रक्षा रैका मगरले पचास हजार सहयोग गरेकाछन । सहयोग हस्तातन्तरण कार्यक्रममा रैका मगरले तुलसी थापा मगरको ज्यान जोगाइदिन सबैसँग सहयोगको आवहान् गरेकाछन ।

आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछि दैलेख डुङ्गेश्रर गाँउपालिका वार्ड नम्बर १ चुप्रा निवासी २६ बर्षकि तुलसी थापा मगरले ज्यान जोगाउन सहयोग मागेकी हुन् । दुईवटै मृगौलाले काम गर्न छोडेपछि थलिएकी तुलसी बिगत ४ बर्ष देखि अस्पतालमा उपचारत छिन् ।

 

पिडित तुलसीको आर्थिक अबस्था साह्रै दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको याचना गरेकी हुन् । चिकित्सकले उनको नयाँ जीवनका लागि मृगौला प्रत्यारोपण नै गर्नुपर्ने भनी सुझाएकाले उनको परिवार अहिले पैसाको खोजीमा भौतारिरहेका छन् ।

 

स्वास्थ्यमा थप जटिल्ता आउन नदिन प्रत्यारोपण छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पिडित तुलसीले त्यसकै लागि सहयोगको हारगुहार गरेकी हुन् । चिकित्सकले मृगौला प्रत्यारोपण गर्न ३० लाख देखि ३५ लाख रुपैयाँ लाग्ने बताएको र अहिले सम्म लाखौ सकिसकेको उनका बुबा छविलाल थापा मगरले जानकारी दिए ।

 

अस्पतालले यति ठूलो रकम लाग्ने बताएपछि आफुहरु आर्थिक सहयोग जुटाउन लागेको बताए ।

इच्छुक ब्याक्ती वा निकायले पिडितलाइ सहयोग गर्न चाहे मोबाइल नम्बर ९८१२५८७६२७ मा सम्पर्क गर्न सक्नेुहुनेछ साथै तुलसी कुमारी थापा मगरको सिटिजन बैङ्क लिमिटेडमा रहेको खाता नम्बर ०३३०१००००३६६८०४१ मा सिधा रकम जम्मा गर्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार