
धरान – धरान उपमहानगरपालिकाले छाताचोकस्थित पुरानो अस्पतालको जग्गा फिर्ता गर्न माग गरेको छ। नगर प्रमुख हर्कराज राईद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाइएको पत्रमा भनिएको छ कि सो जग्गा ‘नगरपालिकाले आफ्नै नगर अस्पताल निर्माण गर्नको लागि आवश्यक’ भएको हो।
पत्रमा नगरपालिकाको स्वामित्वमा रहेको जग्गा कुनै “दलाली प्रक्रियामार्फत” वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुम्पिएको हुन सक्ने शंका गरिएको छ। नगर प्रमुख राईले उक्त कार्यप्रति असन्तुष्टि जनाउँदै भनेका छन्, ‘कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर वीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । Please फिर्ता गरिदिनु होला ।’
पत्रको प्रतिलिपि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत पठाइएको छ।
नगकुनै पनि संस्था वा प्रतिष्ठानले नगरपालिकाको स्वामित्वमा रहेको सम्पत्ति एकतर्फीरुपमा लिनु नाजायज रहेको उनको तर्क छ।


212 पटक हेरिएको 

