ट्रमा सेन्टरमा सयौं अभिभावक सन्तान खोज्दै

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  Manaslu Post  84 पटक हेरिएको

जेनजी प्रदर्शनका क्रममा मृत्यु तथा घाइते भएका आफ्ना सन्तान खोज्न सयौं अभिभावक ट्रमा सेन्टरमा भेला भएका छन् ।

सोमबार भएको प्रदर्शनमा २० जनाको ज्यान गएको छ भने २६० भन्दा बढी घाइते भएका छन् ।

मृतकमध्ये दुईजना इटहरीमा मारिएका हुन् भने बाँकी सबै काठमाडौंको भएको प्रदर्शनमा ज्यान गुमाएका हुन्।ट्रमा सेन्टरमा मात्रै उपचारका क्रममा ८ जनाको निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।

यीमध्ये ५ जनाको पहिचान भएको छ  ।

ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षीय श्रीयाम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, वर्ष नखुलेका गौरव जोशी र स्टप अधिकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको हो ।

गम्भीर घाइते अवस्थामा ल्याइएका उनीहरूको उपचारकै क्रममा ज्यान गएको हो। मृतकमध्ये बाँकी तीनजनाको अझै सनाखत हुन सकेको छैन ।

यस्तै, ट्रमा सेन्टरमा ४९ जनाको उपचार भइरहेको छ। मन्त्रालयले ट्रमा सेन्टरलाई विपद् योजना बनाएर आकस्मिक विरामीलाई हेर्न निर्देशन दिएको छ ।
बाँकी घाइते विभिन्न अस्पतालमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार