काठमाडौँ: जेनजी पुस्ताको आन्दोलन झडपमा परिणत भई गोली चल्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँको वेबसाइटबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजालले आफ्नो तस्वीर हटाउन लगाएका छन् ।
जेनजी युवाहरूको प्रदर्शनका क्रममा १७ जनाको मृत्यु र २५० भन्दा बढी युवा घाइते भएपछि सीडीओ रिजालले वेबसाइटबाट आफ्नो तस्वीर हटाएका हुन् ।
यसबारे उनले केही बेलोका छैनन्। तर व्यापक आलोचनापछि आफूमाथि आक्रमण हुनसक्ने भयले उनले तस्वीर हटाएका प्रशासन स्रोतले जानकारी दिएको छ ।