सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  Manaslu Post  30 पटक हेरिएको

काठमाडौँ, फागुन ५ गते । काठमाडौँको नारायण गोपाल चोकस्थित सडक खण्डमा पैदल यात्रीलाई हातपात तथा दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बा ३ च ११०३ नम्बरको निजी गाडीका चालकले सार्वजनिक स्थलमा पैदल यात्रीलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

पक्राउ पर्नेमा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षीय पारस बम रहेकाछन । बममाथि जिल्ला प्रहरी परिसर काठमाडौँले आवश्यक अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सार्वजनिक स्थलमा अभद्र व्यवहार गर्ने जोकोहीलाई कानुनी कारबाही हुने बताएकाछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार