
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौ जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा भएको क्षतिलाई लिएर गठित छानबिनको समितिको प्रतिवेदनका आधारमा प्रहरीले हिजो आइतबार बिहानै उनीहरूलाई उनीहरूकै निवासबाट पक्राउ गरेको थियो ।
पक्राउपछि ओलीलाई चिकित्सकको सिफारिसमा शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । यस्तै, लेखकलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ ।

27 पटक हेरिएको 

