सर्वोच्च अदालत आजदेखि प्रधानन्यायाधीशविहीन

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  Manaslu Post  48 पटक हेरिएको

काठमाडौं :  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा जाँदैछन्।

आजदेखि वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा कार्यभार सम्हाल्नेछिन्।

कानून व्यवसायीका रूपमा न्यायसेवामा प्रवेश गरेका राउत नेपाल सरकारद्वारा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुँदै न्यायसेवाको सर्वोच्च पद प्रधानन्यायाधीशमा २०८१ असोजमा नियुक्त भएका हुन्।

उनले कानून व्यवसायीका रुपमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएपछि प्रधानन्यायाधीशको नियुक्ति पाएका थिए।

कायममुकायमको जिम्मेवारी सम्हाल्ने मल्ल पनि कानून व्यवसायी पृष्ठभूमिकी हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार