काठमाडौं , प्रहरीले ३ किलो सुनसहित काठमाडौंको रत्नपार्कबाट २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंका २४ वर्षीय मोहन महर्जन र २२ वर्षीय आयुष बज्राचार्य रहेका छन्।
प्रहरी वृत्त दरवारमार्गका ईन्चार्ज प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार शंकाको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट ३ केजी सुन बरामद भएको हो। उनीहरुले उक्त सुन काठमाडौंकै सिटी सेन्टरबाट सुन लगेको बताएका डिएसपी भारतीले जानकारी दिए।
प्रहरीले उनीहरुलाई दरबारमार्ग प्रहरी वृत्तमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

922 पटक हेरिएको 

