म्याग्दीको उच्च क्षेत्रमा हिमपात

  मनास्लु पोष्ट  623 पटक हेरिएको

म्याग्दीको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । जाडो मौसमको सुरुवात भएपछि पहिलो पटक भएको बर्षासंगै हिमाली क्षेत्रमा हिमपात भएको हो । बुधबार राती बर्षासंगै जिल्लाको मंगला, मालिका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका माथिल्लो क्षेत्रमा हिमपात भएको छ । स्थानीयबासीका अनुसार बर्षासंगै सामान्य हिमपात भएको छ ।

जिल्लाको पर्यटकीयस्थल घोरेपानी, पुनहिलमा समेत हिमपात भएको छ । यता कुहुँको टोड्के लगाएतका क्षेत्रमा समेत हिमपात भएको स्थानीयले बताएका छन् । सिमसिम पानी संगै गुर्जा, मुदी, चिमखोला, दाना, नारच्याङ लगाएतका हिमाली बस्तीमा समान्य हिमपात भएको छ । सदरमुकाम बेनीबजारमा समेत बर्षा भएको छ । उता हिमाली जिल्ला मुस्ताङमा समेत हिमपात भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार