झापामा बस पल्टिदा नौ जना घाईते पुरा विवरण आउन बाकि

  Manaslu Post  813 पटक हेरिएको

झापा ६ चैत – पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको लखनपुर–सितापुरी सडकखण्डमा अहिले साझ यात्रु बस पल्टिएको छ । बा ३ ख ७८१५ नम्बरको बस पल्टिदा ९ जना घाइते भएका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।घाइते ८ जनाको दमकस्थित लाइफ लाइनमा उपचार भइरहेको छ । भने गम्भिर घाइते दमक २ की ३० बर्षीया निता विष्टलाई थप उपचारका लागि बिराटनगर पठाइएको लाइफलाइन अस्पतालले जनाएको छ । थप बिवरण आउन बाकि रहेको छ |

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार