चुम कल्यान समितिले यहि ९ गते सम्मान कार्यक्रम गर्दै

  Manaslu Post  936 पटक हेरिएको


काठमाडौ । चुम कल्यान समितिले यहि आषाध ९ गते शनिबार नेपाल पर्यटन बोर्ड भृकुटिमण्डप काठमाडौमा सम्मान कार्यक्रम गर्ने भएको छ ।
संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा हुन गइरहेको सम्मान कार्यक्रममा मनास्लु क्षेत्रबाट हिमाल आरोहण गर्ने पहिलो महिला आरोही फुन्जो झाङ्गमु लामालाई सम्मान गरिने चुम कल्यान समितिका अध्यक्ष नीमा लामाले मनास्लु पोष्टलाई बताए ।
चुमनुव्री गाउपालिका ७ गोरखाकी फुन्जो झाङ्गमु लामाले २०७५ जेठ ३ गते बिश्वको सर्बोच्च हिमाल सगरमाथाको सफल आरोहण गरेकी थिइन । उनले सगरमाथा लगायत मनास्लु हिमाल, चोयु हिमाल, आमाडवलम हिमाल, र अमेरिकाको डनाली हिमालको पनि सफल आरोहण गरिसकेकी छिन ।
कार्यक्रम विहान ठिक ९ बजेदेखि सञ्चालन हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार