मनास्लु क्षेत्रमा पर्यटकको आगमन बढ्यो

  पेमा डुण्डुप लामा  1901 पटक हेरिएको

मनास्लु पोष्ट

गोरखाको मनास्लु हिमालको मनोरम दृश्य अबलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढ्न थालेको छ । केहि दिन अघि ठुलो पानी पर्नुको साथै एक्कासी तापक्रम बढेपछि मनास्लु क्षेत्रमा परेको हिउ पग्लि सकेको छ भने मौसम सफा दखिनाले पर्यटकहरुमा खुसी छाएको छ ।
फागुनवाट सुरु भएर जेठको अन्तिम सम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नामरुङका समाजसेवि एवं पर्यटन, होटेल व्यावसायी लाक्पा डुण्डुप लामाले बताउनु भयो ।जाडो महिनामा लगभग शुन्य बनेको मनास्लु क्षेत्रमा आजभोली एक्कासी पर्यटकको आगमन बाक्लिएको हो ।अहिले दैनिक सयौको हारहारिमा पर्यटक मनास्लु क्षेत्रमा आउन थालेको नामरुङ प्रहरी कार्यलयले जनाएको छ ।
केहिदिन देखि मनास्लु क्षेत्रका पदमार्गमा विदेशी पर्यटकको आवात जावत बढे सगै आरुघाट,लापुवेसी,मााछाखोला,तातोपानी,जगत,सल्लेरी,सिर्दिबास,न्याकफेदी,ड्याङ,
बिहि,प्रोक,लोङकाछिता स्टोन ब्रिज,नामरुङ,लि,ल्हो,स्हो,स्याला,सामागाँउ र धर्मशाला लगायतका ठाउँमा रहेका होटेलहरुमा चहलपहल सुरु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार