मेसीका समर्थकले सुसाइड नोट लेखेर घरबाटै बेपत्ता

  Manaslu Post  786 पटक हेरिएको

जारी विश्वकप फुटबलमा यो पटक लियोनल मेसीले चमत्कार गर्न सकेका छैनन् । स्टार मेसीको अर्जेन्टिनाले लगातार नराम्रोसँग हार बेहोरी रहेको छ । यो संस्करणमा मेसीले जादू नदेखाउँदा अर्जेन्टिनाका समर्थक निकै निराश छन् ।

समर्थक मात्र नभएर स्वयम् स्टार मेसी पनि अपेक्षीत प्रदर्शन गर्न नसक्दा असाध्यै दिक्क छन् । त्यो भाव उनको अनुहारबाट प्रस्ट नै झल्कीन्छ ।

यसैबीच अर्जेन्टिनाले लगातार हार बेहोर्न थालेपछि भारतमा एक जना मेसीका फ्यान घरबाटै बेपत्ता भएका छन् । केरालाको कोट्टयम भन्ने ठाउँका एकजना मेसी समर्थक युवा बिहिबारदेखि बेपत्ता भएका हुन् ।

बिहिबार क्रोएसियासँग भएको खेलमा अर्जेन्टिनाले खराब प्रदर्शन गरेपछि मेसीका समर्थकले एउटा सुसाइड नोट छोडेर बेपत्ता भएका सञ्चारमाध्यमले जनाएका छन् । सुसाइड नोट उसको सुत्ने कोठाबाट फेला पारेको प्रहरीले जनाएको छ । बेपत्ता मेसीका समर्थक अहिलेसम्म फेला परेका छैनन् । अहिले उनको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार