राष्ट्रपति पुटिनको खेलमोह

MANASLU TV मा subscribers गर्नुहोला ।

  डिएन घिसिङ  1477 पटक हेरिएको

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अहिले विश्वका सर्वाधिक शक्तिशाली नेताका रूपमा हेरिन्छन् । रसीयाको आन्तरिक राजनीति मामिलामा मात्रै हैन अमेरिकाजस्तो महाशक्तिको राष्ट्रपतीय निर्वाचनमा समेत हस्तक्षेप गर्ने क्षमता भएका ६५ बर्षिय पुटिनका बारेमा धेरैमा जिज्ञासा छ । पुटिन सोभियत रुसको एक गरीब परिवारमा जन्मेका थिए ।

आफ्ना मातापिता र भाइबहिनीका साथ उनी एक सामुदायिक भवनमा बस्थे । भ–याङमा मुसा मार्दै बाल्यकाल बितेको उनी बताउँछन् ।बाल्यकालमा रसियनहरुको लोकप्रिय खेल साम्बो सिकेका थिए।स्थानीय “साम्बो ७०” क्लबमा प्रशिकक्षण सुरुगर्दा उनको खुराककै लागि दिनभरी भारीबोक्ने काम समेत गर्नु पर्थ्यो। कहिलेकाही पाउरोटीले समेत दिन कटाउनु पर्ने कहालीलाग्दो बर्णन साम्बिस्ट भन्ने पुस्तकमा गरेका छ्न।अन्तर्राष्ट्रिय साम्बो महासङ्गका पुर्ब अध्यक्ष डेबिट रुदमानले लेखेका छ्न,”सम्मानिय रास्ट्रपति पुटिन ज्युको जीवन सघर्सले प्रत्येक खेलाडीको लागी प्रेरणाको स्रोत बन्ने छ।

” अठार वर्षको उमेरमा नै पुटिनले जुडो खेलमा समेत ब्ल्याक बेल्ट प्राप्त गरेका थिए । अहिले पनि फुर्सदको समयमा उनी मार्सल आर्टसको अभ्यास गर्छन् । उनको राजनीति बारेमा पुस्तकमा समेटिएको छ। पुटिनका हजुरबुवा स्पिरिदोन इभानोभिच पुटिन लेनिनका भान्से थिए । लेनिनको मृत्युपछि उनले स्टालिनका लागि पनि खाना पकाएका थिए । उनको राजनीति यात्रा लगभग यहि सेरेफेरो बाट सुरु भएको देखिन्छ ।सोह्र वर्षसम्म रुसी गुप्तचर संस्था केजीबीका जासूस थिए पुटिन । पुटिनका दुई छोरी छन् । मारिया पुटिना र तेकातेरिना पुटिना पूर्वी जर्मनीको ड्रेस्डेनमा जन्मेका हुन् । तर पुटिनले छोरीको अस्तित्वलाई रहस्यमा लुकाएर राख्ने गरेका छन् । पुटिनको पारिवारिक तस्वीर अहिलेसम्म सार्वजनिक भएको छैन ।

मिडियाले पनि उनीहरूको तस्वीर भेटेको छैन ।आन्ना च्यापम्यान नाम गरेकी एक जासूस महिलासँग पुटिनको गोप्य प्रेम सम्बन्ध रहेको बताइन्छ । आफ्नी पत्नी ल्युड्मिलासँग पुटिनले डिभोर्स लिएका छन् तर उनीहरूबीच खटपट छैन।रुसमा पुटिनको नामका भोड्का र क्यानमा राखिएका खानेकुरा बेचिन्छन् । निक्कै साहसिक काममा अग्रसरता देखाउने पुटिनले सन् २०१० मा अग्निनियन्त्रक विमान उडाएर पश्चिमी रुसको जंगलमा लागेको आगो निभाएका थिए । उनले विमानबाट सयौं लिटर पानी खन्याएका थिए । पूर्वी जर्मनीमा काम गरेको भएर पनि होला, पुटिन मजाले जर्मन भाषा बोल्छन् ।

अंग्रेजी चाहिँ उनी कनीकुथी मात्र बोल्न सक्छन् । साम्बो वोल्ड च्याम्पियन एब रसियन एमएम च्याम्पियन फेदर इमिलेबको खेलमा रास्ट्रपति पुटिनलाई सधै अग्रपंक्तिमा देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार