रमाईलो कुराकानी हेर्न माथीको भिडियो क्लिक गर्नुहोला ।
काठमाडाै । सुरिलो स्वर अनि शुद्ध मौलिक नेपाली पन बोकेकी गायिका सुस्मिता मगर आजभोली निकै चर्चाको शिखरमा रहेकी छिन ।
गण्डकी गाँउपालिका ५ घ्याल्चोक गोरखामा जन्मिएकी सुमधुर स्वरकी धनि सस्मिता मगर मौलिक लोक संगीतमा सक्रिय हुदै आई रहेकि छिन । यतिवेला उनको एक पछि अर्को हुदै मौलिक लोक संगीतहरु रेकर्डिङ भईरहेको छ ।
सानै उमेर देखि गोरखा लगाएत पश्चिम नेपालका बिभिन्न कार्यक्रमहरुमा आफ्नो गायन प्रस्तुति दिदै आएपनि जवानीले छोयोे लोक दोहोरी गीत रेकडिङ्ग गरि औपचारिक रुपमा गायन क्षेत्रमा प्रवेश गरे सँगै एकपछि अर्को गाउने अबसर पाउदा निकै उत्साह बढेको बताउने सुस्मिता मगरललाली गुँरास वनैभरि, पागल मन छोडि गयौ एक्लो पारेर, सेक्सी जवानी, तिजको गीत हेठौडाको बजार, लाहरै जाँदा सालैजो लगाएत एक दर्जन भन्दा बढि मौलिक लोक दोहोरी गीतहरुमा आफ्नो स्वर रेकर्डिङ सकेकी छिन भने छिट्टै नयाँ गीत बजारमा ल्याउने तयारीमा रहेकी छिन ।
देशको बिभिन्न ठाँउको स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिदै आइरहेकी सुस्मिता मगर लाखौ दर्शक श्रोताको मन जित्न सफल हुनुको साथै कैयौ संघ संस्थाबाट सम्मानीत भएकी छिन ।
उनको रमाईलो कुराकानी हेर्न माथीको भिडियो क्लिक गर्नुहोला ।

3697 पटक हेरिएको 

