नेपाली नागरिकता लिनलाई १६ बर्ष पुगेका नेपाली नागरिकका लागि संविधानमा कुनै पनि नेपाली नागरिकले नागरिकताबाट बन्चित हुनु पर्दैन भनेर उल्लेख गरिएको छ । तर बेंसीसहर नगरपालिका ३ गाउँशहरकी शान्त परियारले ५७ बर्ष नेपाली नागरिकको सदस्य हुनलाई कुर्नु प¥यो । पटक पटक जिल्ला प्रसासन कार्यालय लमजुङ नागरिकताका लागि आएपनि रित्तै फर्किनु परेको थियो उनलाई ।
लमजुङका ईन्सेक प्रतिनिधि दलबहादुर मजाकोटी लगायतको पहलमा उनलाई जिल्ला प्रसासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले आईतबार नागरिकता प्रदान गरे । उनले नागरिकता पाएपछि निकै खुसी ब्यक्त गर्दै भनिन्, मेरा छोरा छोरीको भविष्या बनाउँनलाई पाए । परियारले भन्छिन्, जिन्दगीमा नागरिकता पाएपछि छुट्टै खुसी मिलेको छ मलाई सहयोग गर्नुहुने सबैलाई धन्यावाद । नागरिकता पाएपनि खुसीको आसु झार्दै उनले भनिन्, तपाईहरु मेरो भगवान नै हुनु हँुदो रहेछ । प्रमुख जिल्ला अधिकारी झंकनाथले भने, उनले मलाई निकै भाबुक बनायो, मुटु नै चिरा पर्ने गरी भावुक बनाईन शान्तले । उनी दलित महिला हुन् विभिन्न पिडामा छन् । उनको पिडामा मलम लाउने प्रयास नागरिकताले गरेको उनको भनाई छ । त्यस्तै उनले भने, यही देशको नागरिक भएर नागरिकता पाउँदा खुसी हुनु पर्ने अबस्था रहेको छ । शान्त परियार सानै छँदा जन्म दिने आमाको मृत्यु भयो । आमा नहुँदाको पिडा त छदैँ थियो । आमा बित्नुभएको केही समयमै कान्छी आमा ल्याउँनु भयो बुबा दिलबहादुर परियारले । अनि मलाई हेला गर्न थालेको महशुस भयो ।
त्यसपछि घरमा नबसी मामा घर खुदीमा थियो म त्यही गए । त्यही बसेर हुर्किदै थिए । बुबा समेत बित्नु भयो । अनि म टुहुरा भएको जस्तै लाग्न थाल्यो मामा घरमा पनि त्यस्तै त्यस्तै भयो एक दिन म काम खोज्दै पोखरा पुगे । त्यहाँ काम पाए, काम गर्न थाले । काम गर्ने क्रममा एक दिन अचानक अपरिचित ब्याक्ति भेट भयो अनि कुरा पनि ग¥यौँ । उनको नाम कृष्ण बहादुर श्रेष्ठ रहेछ ।
उ सगँ मैले विवाह गरेर बसे । तर १० बर्ष वित्यो विवाह भएको । हाम्रो विवाह दर्ता पनि भएको थिएन् । मेरो नागरिकता बनाउनु पर्ने थियो त्यसैले नागरिकता बनाउनलाई उहाँको नागरिकता मागे उनी त्यही कारण भागे । उनको नाम र साथ बाहेक उनको बास्तविक ठेगनाा थापा पाईन् । उनलाई खोज्दै पनि जान सकिन परियारले भनिन् । हाम्रो अहिले विवाह गरेको पनि २४ बर्ष वित्यो । हाम्रो २२ बर्ष र २० बर्षको छोरा र १७ बर्षकी र १३ बर्षकी छोरी छन् उनले भनिन् । उनले भनिन्, छोराछोरी ठुलो भयो नागरिकताको आवश्यकता पर्न थाल्यो तर मेरो नै नागरिकता थिएन कसरी छोरा छोरीको बनाउन सक्थिर ? अनि पोखराबाट लमजुङ आए र दलबहादुर भाई लगायतको सहयोगमा मेरो नागरिकता बनाउन पाँए । उनलाई उनको कान्छी आमापटीको भाई सोमराज परियारले सनाखत गरेका थिए ।

912 पटक हेरिएको 

