४ सन्तानकी आमा शान्त परियारले ५७ बर्षमा पाइन गरिकता

  मनास्लु पोष्ट  912 पटक हेरिएको

नेपाली नागरिकता लिनलाई १६ बर्ष पुगेका नेपाली नागरिकका लागि संविधानमा कुनै पनि नेपाली नागरिकले नागरिकताबाट बन्चित हुनु पर्दैन भनेर उल्लेख गरिएको छ । तर बेंसीसहर नगरपालिका ३ गाउँशहरकी शान्त परियारले ५७ बर्ष नेपाली नागरिकको सदस्य हुनलाई कुर्नु प¥यो । पटक पटक जिल्ला प्रसासन कार्यालय लमजुङ नागरिकताका लागि आएपनि रित्तै फर्किनु परेको थियो उनलाई ।

लमजुङका ईन्सेक प्रतिनिधि दलबहादुर मजाकोटी लगायतको पहलमा उनलाई जिल्ला प्रसासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले आईतबार नागरिकता प्रदान गरे । उनले नागरिकता पाएपछि निकै खुसी ब्यक्त गर्दै भनिन्, मेरा छोरा छोरीको भविष्या बनाउँनलाई पाए । परियारले भन्छिन्, जिन्दगीमा नागरिकता पाएपछि छुट्टै खुसी मिलेको छ मलाई सहयोग गर्नुहुने सबैलाई धन्यावाद । नागरिकता पाएपनि खुसीको आसु झार्दै उनले भनिन्, तपाईहरु मेरो भगवान नै हुनु हँुदो रहेछ । प्रमुख जिल्ला अधिकारी झंकनाथले भने, उनले मलाई निकै भाबुक बनायो, मुटु नै चिरा पर्ने गरी भावुक बनाईन शान्तले । उनी दलित महिला हुन् विभिन्न पिडामा छन् । उनको पिडामा मलम लाउने प्रयास नागरिकताले गरेको उनको भनाई छ । त्यस्तै उनले भने, यही देशको नागरिक भएर नागरिकता पाउँदा खुसी हुनु पर्ने अबस्था रहेको छ । शान्त परियार सानै छँदा जन्म दिने आमाको मृत्यु भयो । आमा नहुँदाको पिडा त छदैँ थियो । आमा बित्नुभएको केही समयमै कान्छी आमा ल्याउँनु भयो बुबा दिलबहादुर परियारले । अनि मलाई हेला गर्न थालेको महशुस भयो ।

त्यसपछि घरमा नबसी मामा घर खुदीमा थियो म त्यही गए । त्यही बसेर हुर्किदै थिए । बुबा समेत बित्नु भयो । अनि म टुहुरा भएको जस्तै लाग्न थाल्यो मामा घरमा पनि त्यस्तै त्यस्तै भयो एक दिन म काम खोज्दै पोखरा पुगे । त्यहाँ काम पाए, काम गर्न थाले । काम गर्ने क्रममा एक दिन अचानक अपरिचित ब्याक्ति भेट भयो अनि कुरा पनि ग¥यौँ । उनको नाम कृष्ण बहादुर श्रेष्ठ रहेछ ।

उ सगँ मैले विवाह गरेर बसे । तर १० बर्ष वित्यो विवाह भएको । हाम्रो विवाह दर्ता पनि भएको थिएन् । मेरो नागरिकता बनाउनु पर्ने थियो त्यसैले नागरिकता बनाउनलाई उहाँको नागरिकता मागे उनी त्यही कारण भागे । उनको नाम र साथ बाहेक उनको बास्तविक ठेगनाा थापा पाईन् । उनलाई खोज्दै पनि जान सकिन परियारले भनिन् । हाम्रो अहिले विवाह गरेको पनि २४ बर्ष वित्यो । हाम्रो २२ बर्ष र २० बर्षको छोरा र १७ बर्षकी र १३ बर्षकी छोरी छन् उनले भनिन् । उनले भनिन्, छोराछोरी ठुलो भयो नागरिकताको आवश्यकता पर्न थाल्यो तर मेरो नै नागरिकता थिएन कसरी छोरा छोरीको बनाउन सक्थिर ? अनि पोखराबाट लमजुङ आए र दलबहादुर भाई लगायतको सहयोगमा मेरो नागरिकता बनाउन पाँए । उनलाई उनको कान्छी आमापटीको भाई सोमराज परियारले सनाखत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार