प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस

MANASLU TV मा subscribers गर्नुहोला ।

  मनास्लु पोष्ट  1402 पटक हेरिएको

काठमाडौं : संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ ।
संवैधानिक परिषदको बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश मिश्रलाईं प्रधान्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो। सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको परिषदका सदस्य एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए ।
प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गरेपछि संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । सो सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरे राष्ट्रपति विद्या भण्डारीले मिश्रलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार