यी हुन् प्रदेश नम्वर पाचँ भित्रका पर्यटकिय स्थल

  मन बहादुर पुन  2075 पटक हेरिएको

संघीय संरचनामा प्रदेश नं. ५ को १२ जिल्लामा उपमहानगरपालिका ४ नगरपालिका ३२ र गाउपालिका ७४ समेत कुल ११० स्थानीय तह रहेको छ । प्रदेश नम्वर ५ मा १२ वटा जिल्लाहरु पर्दछन । यो प्रदेशले नेपालको १२.१३ प्रतिशत भूभाग अर्थात १७ हजार ८ सय ५२ वर्ग किमि जमिनको क्षेत्रफल रहेको छ । यस प्रदेशमा कुल जनसंख्या ४० लाख ८३ हजार ९ सय ८५ रहेको छ । यो प्रदेशमा नवलपरासी बर्दघाट (सुस्ता पश्चिम), रुपन्देहि, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वि भाग), रोल्पा, प्युठान, दाङ, बाँके, वर्दिया रहेका छन् ।

प्रदेश नम्बर ५ पर्यटकीय हिसाबले अधिकाशं स्थल धार्मीक क्षेत्र रहेको छ । मुक्तिनाथ देखि बग्दैआउने कालिगण्डकीले बाग्लुङ र गुल्मी जिल्लाको सिमा पालुङखोला देखि पाल्पा र नवलपरासीको पूर्वीभाग संग सिमा बनेको घुमाउरीघाट सम्म कालिनदीको किनारमा दर्जनौ धार्मीकस्थलहरु रहेका छन । यस प्रदेशमा बुद्ध बुद्धको जन्मस्थल लुम्बिनी, नारायणिको त्रिवेणी, दाउन्नेदेवी, बर्दिया राष्ट्रिय निकुञ्ज, पाल्पाको ऐतिहासिक दरबार, रानीमहल प्युठानको स्वर्गद्वारी, अर्घाखाचीको खाची र अर्घाकोट, सुपादेउराली गुल्मीको रेसुङगा, रिडी लगायतका सम्पदा रहेका छन् । पुर्वी रुकुममा सिस्ने हिमाल, ढोरपाटनको पश्चिमीभाग, कमलदह रोल्पामा जलजला, खाम मगरहरुको ऐतिहासिक बस्ती, दाङ जिल्लामा धारापानी, रिहार, बाह्रकुनेदह बाके जिल्लाको वागेश्वरी जस्ता सम्पदा रहेका छन ।

-नवलपरासी (सुस्ता पश्चिम)
यो जिल्लामा भएका पर्यटकीयस्थलहरुमा धेरै धार्मिक स्थलहरु रहेका छन । रामग्राम स्तुप, त्रिबेणीधाम, पाल्हीभगवती, दाउन्ने देवी जस्ता पर्यटकिय सम्पदा अधिकाशं तिर्थाटनको लागिपर्यटकहरु पुग्ने गर्दछन । नवलपुरको गैडाकोट क्षेत्र र दाउन्ने पहाड पश्चिमको परासी क्षेत्र मिलाएर २०१८ सालमा नवलपरासी जिल्लाको नामाकरण गरिएको हो । त्यसभन्दा पहिले यस जिल्लालाई बुटवल जिल्लाको पाल्ही माझखण्ड भनिन्थ्यो । नवलपरासी भौगोलिक हिसाबले पहाड, भित्रि मधेश र मधेश गरी तीन भागमा बिभाजीत भूगोलमा थियो । अहिले नवलपुर क्षेत्र ४ र वर्धघाट क्षेत्र ५ नम्वर प्रदेशमा बिभाजित छ । प्रदेश नम्वर ५ मा बर्दघाट, रामग्राम, सुनवल नगरपालिका र त्रिवेणीसुस्ता, पाल्हीनन्दन, प्रतापपुर, सरावल गाउँपालिका रहेका छन ।

-रुपन्देहीः
रुपन्देही जिल्ला नेपालको तराईमा पर्ने एक जिल्ला हो । गौतम बुद्धको पवित्र जन्मस्थलको रुपमा विश्वमा नै परिचित यो जिल्ला ऐतिहासिक भौगोलिक एंव पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण रहेको छ । यस जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलहरुमा मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, सिद्धबाबा जस्ता सम्पदा रहेका छन । गौतम बुद्धको पवित्र जन्मस्थलको रुपमा विश्वमा परिचित रुपन्देही जिल्ला पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण मानिन्छ । रुपन्देही नाम गौतम बुद्धसग जोडिएको छ । गौतम बुद्धको आमा मायादेवी रुपन्देही जिल्लाको देवदहको भवानीपूरमा जन्मिएकी थिइन । उनी अत्यन्त सुन्दरी भएकोले उनलाई रुपिदेवी भनिन्थ्यो र बोल्ने क्रममा रुपिदेवीवाट अपभ्रशं हुदै रुपिन्देही बाट रुपन्देही भएको मानिन्छ । रुपन्देहीमा बुटवल उपमहानगरपालिका देवदह, लुम्बिनी सांस्कृतिक, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा, नगरपालिका छन भने गैडहवा, कञ्चन, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई,सियारी र शुद्धोधन गाउँपालिका रहेका छन ।

-कपिलवस्तुः
कपिलवस्तु जिल्ला तराईमा पर्दछ । यस जिल्लाको पर्यटकीयस्थलहरुमा अधिकाशं धार्मीकस्थलहरु पर्दछन । अठ्कुनीयाँ, अमौलीकोट, अरौराकोट, इटवा डरवा धनगढवा, कपिलवस्तु संग्राहलय, कुदान, गोटिहवा अशोक स्तम्भ, गौरीगंज, चंघाट, चेतरादेही, जगदीसपुर ताल, जोडी स्तुप, डंगरी, डेरवा स्तुप, तिलौराकोट, तौलेश्वर मन्दिर, दलदलवा, दुमुनियाँ, दोहनीकोट, धानखोला, निगालीकोट, पडसडवा, पिपरा स्तुप, पिपरी, बभनी, बर्दहवा, बलुहवा, बिकुलीकोट, मालपारा, मुर्चहवा पुरानोकुँवा, रक्षाबाबा, रामदतिवन कुटी, लम्तिया, लौहसरिया स्तुप, विजुवा, श्रृङ्गीऋषि धाम, सगरहवा ताल, समयमाईकोट आनन्दवाग, सरकुप पोखरी, सिसेनियाँ, सिसेनियाँ दरबसवा, सेमरा शिवमन्दिर, सोनवागढ, हर्देवा रहेका छन् । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा हो । तौलिहवा ऐतिहासिक स्थल पनि हो । प्राचिनकालमा ऋषि कपिलद्धारा प्रतिपादित प्रकृती आधारित दर्शनको जन्मभूमी भएका कारणले शाक्यगणराज्यको कपिलवस्तु नामाकरण गरिएको थियो । कपिलवस्तु जिल्लालाई पूरातात्विक संग्रहालय पनि भनिन्छ । कपिलवस्तुमा कपिलवस्तु, बुद्धभूमि, शिवराज, महाराजगन्ज, कृष्णनगर र वाणगंगा नगरपालिका रहेका छन भने मायादेवी, यशोधरा, शुद्धोधन र विजयनगर गाउँपालिका छन ।

-पाल्पाः
पाल्पा जिल्ला पहाडी जिल्ला हो । यो जिल्लाको सदरमुकाम तानसेन हो । यस जिल्लामा रानीमहल, श्रीनगर डाँडा, भैरवस्थान, मदनपोखरा, रम्भा देबि, रैना देवी, भैरस्थान, सत्यवती ताल, पूर्वखोला, रामपुर, राम्दी सुन गुफा, कालीगण्डकी, दर्लममहाकाली, दर्लमडाँडा,महामृत्युन्जय शिबासन बराङ्दि जस्ता धेरै पर्यटकीय स्थलहरु छन् । पाल्पाको नाम मगाेंलियन शव्दबाट बनेको हो भन्नेकुरा किम्वदन्ती रहेको छ । मगाेंलियन शव्द वाल्वा को अर्थ सिप, कला र कालिगढ हुन्छ । त्यहि शव्दबाट अपभ्रशं हुदै पाल्पा भएको हो भन्ने अनुमान छ । पाल्पा जिल्लाको भूगोल रमणिय मानिन्छ । पाल्पा राणाहरुको पालामा प्रधानमन्त्रीको रोल खोशिएकाहरुको शरणस्थल थियो । पाल्पामा रामपुर र तानसेन नगरपालिका रहेको छ भने निस्दी, पूर्वखोला, रम्भा, माथागढी, तिनाउ, बगनासकाली, रिब्दिकोट र रैनादेवी छहरा गाउँपालिका रहेका छन ।

-अर्घाखाँचीः
अर्घाखाँची रमणिय पहाडी जिल्ला हो । यसको सदरमुकाम सन्धिखर्क हो । पाणिनि तपोभूमि (पणेना), सात्तले गुफार दुर्वाशेश्र्व गुफा,मालिका मन्दिर खिदीम, आलम देवीको मन्दिर (मैदान), सुपा देउराली, छत्र मन्दिर (छत्रगञ्ज), नर्तनाचल पर्वत (नरपानी), परसुरामेश्वर, ऐतिहासिक पौवा (बल्कोट) अर्घाकोट (अर्घा), पाली पन्थीटोलको लाकुरीरुख मा अबस्थित ठाडा देवी भगवती यहाँका प्रमुख पर्यटकिय स्थलहरु हुन् । सुन्दर डाडाकाडा, ऐतिहासिक स्थल र आफ्नै सस्कृति रहेको यो जिल्ला हिमाल संग नजोडिए पनि तराइको समतथर भूमीसंग जोडिएको छ । अर्घा भन्ने स्थानमा रहेको indexभगवती मन्दिरमा अर्घको रुपमा दहि चढाउदा देवी निस्किएकीले सो नामबाट अर्घा शब्दको उत्पत्ती भएको हो भन्ने यसको इतिहास छ । खाची शब्दको उत्पत्ती भने सरकारले कर असुल गर्ने ठाउ वा व्यक्तिलाई खजाञ्चि भन्ने प्रचलन भएकोले त्यसैबाट अपभ्रंश भई जिल्लाको नाम अर्घाखाची रहन गएको हो । प्राचीन भाषा सस्कृतको ब्याकरणको उत्पत्ती भएका पाणिनी तपोभूमिको रुपमा पहिचान भएको जिल्ला अर्घाखाची हो । अहिले अर्घाखाँचीमा सन्धिखर्क, शीतगंगा र भूमिकास्थान नगरपालिका रहेको छ भने छत्रदेव, पाणिनी र मालारानी गाउँपालिका रहेको छ ।

-गुल्मीः
कफिको लागि प्रशिद्ध जिल्ला विश्वमै दुर्लभ अगरवुडको खेती हुने जिल्ला प्राचिन कालदेखि नै प्रसिध्द नेपालको चारधाम मध्ये एकधाम रुरु क्षेत्र, पौराणिक, ऐतिहासिक स्थल, जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र गुल्मीमा रहेकोछ । धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका, श्रृंगाको श्रृंगीश्वर मन्दिर, लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोट, चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, इस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्ब्रुङ दह, थाप्ले, कङे देउराली, सत्यवती, शालिमेदह पनि गूल्मी जिल्लामा रहेको छ । प्रकृतिको अनुपम संरचना विचित्र गुफा, सिदेश्वर गुफा, अचमेश्वर गुफा पनि गुल्मी जिल्लामा रहेका छन् । माघे सँक्रान्तिमा रिडिमा ठूलो मेला लाग्ने गर्दछ भने रुद्रबेनी लगायतका ठाउँहरुमा गण्डकी नुहाउनेको भिड लाग्ने गर्दछ । शब्दकोस को अर्थ र भाषालाई लिने हो भने, सस्कृत भाषामा सैनिक अथवा सेनाको पल्टन भएको ठाउलाई गुल्म भनिने हुदा यसै बाट पछि ठाउको नाम गुल्म बाट बोल्ने क्रममा अपभ्रशं हुदै गुल्मी भएको हो भन्ने भनाइ रहेको छ । गुल्मीमा मुसिकोट र रेसुंगा नगरपालिका रहेको छ भने कालीगण्डकी,गुल्मीदरबार, सत्यवती, चन्द्रकोट, रुरु, छत्रकोट, धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिका पर्दछ ।

-रुकुम (पूर्वि भाग)
रुकुम जिल्ला प्रदेश नम्वर ५ को दुर्गम र रमणिय प्राकृतिक सम्पदाले भरिएको जिल्ला हो । रुकुमकोटमा रुक्मीणी नाम गरेकी देवीको मन्दिर छ । उनकै नामबाट रुक्मीणी देवी शब्दको अपभ्रंश भई रुकुम नाम रहन गएको हो । सुन्दर सिस्ने हिमालको काखमा अवस्थित रुकुम जिल्लामा कमल दह, सिस्ने हिमाल, सुनपोखरी, ढेरपाटनको पश्चिमी भूगोल जस्ता रमणिय पर्यटकियस्थलहरु रहेका छन । अहिले प्रदेश बिभाजनगर्ने क्रममा रुकुमको धेरै भुभाग ६ नं. प्रदेशमा परेको छ । बाकी रहेको सिस्ने, पुथा, उत्तरगंगा र भुमे गाउँपालिका प्रदेश न ५ मा परेको छ ।

-रोल्पा ः
रोल्पा जिल्लामा जलजला हिमाल (बराह क्षेत्र), राँकमाधुरी चुचुरो. सुनछहरी, जेदबाङ देउराली जस्ता पर्यटकीय स्थलहरु छन् । शिव पाञ्चायन मन्दिर खुङग्री शिव गुफा जुगार, स्वर्गद्वारी प्रभुको जन्मस्थल रुन्टी, शिव मन्दिर गुम्चाल लगायतका धार्मिक स्थलहरु रहेका छन् ।२०१८ सालभन्दा अगाडी अहिलेको रोल्पालाई सातसय सखी आठ हजार बुढागाँउ नौ सय माडिखोला, वाईस खुवा, कालाशेष र दार्मा थुम जस्ता नामले चिन्हे गरिन्थो । अहिले रोल्पा जिल्लामा रोल्पा नगरपालिका र त्रिवेणी, परिव्रतन, माडी, रुन्टीगढी, लुङग्री, सुकीदह, सुनछहरी, सुवर्णावती र थवाङ गाउँपालिका रहेका छन ।

-प्युठान ः
प्युठान जिल्ला एक पहाडी जिल्ला हो । धार्मिक तथा पर्यटकीय स्थलहरुमा देश भित्र र वाहिर सम्म चर्चित भएको धार्मीक पर्यटकिय स्थल स्वर्गद्वारी पर्दछ । त्यस पछि ऐरावती, गौमुखी, कालिका मन्दिर, मल्लरानी, भित्रीकोट, झाकिरिस्थान, विजुलीकोट, वरौलाकोट, जावुने दह, त्रिवेणी जस्ता सम्पदाहरुले समेत पर्यटनको लागि गन्तब्य बन्दै गएका छन । प्यूठान शव्दको उत्पति वारे एउटै मत पाईदैन । कर्कपेट्रीकले प्रार्थाना पूरथाना बाट अपभ्रश हुदै प्यूठान भएको, हयामिल्टनले पुजुठानबाट प्यूठान, ओल्डफिल्डले प्राथाना वाट प्युठान नाम रहन गएको भन्ने इतिहास छ । सुरक्षा संवन्धि शव्द–पिउठ बस्ने ठाना भएकोले पिउठाना बाट अपभ्रंंश भई पिउठान नाम रहन गएको हो भन्ने तर्क आम रुपमा रहेको छ । प्युठानमा प्युठान नगरपालिका र स्वर्गद्वारी नगरपालिका रहेका छन । त्यसैगरी गौमुखी, माण्डवी, सरुमारानी, मल्लरानी, नौवहिनी, झिमरुक र ऐरावती गाउँपालिका रहेका छन ।

-दाङ ः
दाङ सुगम एवं विकसित जिल्ला हो । चौघेरा रत्ननाथ मन्दिर, अम्बिकेश्वरी मन्दिर, धारपानी मन्दिर, बराह मन्दिर, गढीटाकुरा मन्दिर, कालिका–मालिका, सुदय रामेश्वर मन्दिर, बगारबाबा मन्दिर, रिहार, देवीकोट मन्दिर, मन्थोर्या मन्दिर जस्ता पर्यटकिय सम्पदा रहेका छन । एशियाको ठूलो उपत्यका भन्ने गरिएको दाङ उपत्यका उत्तरमा महाभारत र दक्षिणमा चुरे पहाडले घेरिएको छ । दाङ जिल्ला भन्नाले दाङ र देउखुरी दुबै उपत्यका बुझिन्छ । पहाडका मैदानलाई बुझाउने संस्कृतको “द्रोण” शब्दबाट दाङ र पहिलो बस्ती दवपुरबाट देवपुरी भन्दा भन्दै देउखुरी बनेको हो । दाङको इतिहासमा उत्तरी काँठ पहाडी राजाहरुको अधिनमा र दक्षिणको मैदान भाग थारु राजाका अधिनमा थियो । चौधौँ शताब्दी तिर दाङ जुम्लाको अधिनमा थियो । वि.सं.१४८० तिर सवारी कोटका राजा रतन पाण्डेले थारु राज्यलाई आफ्नो राज्यमा मिलाएर रत्न परिक्षित नामले दाङका राजा भए । नेपाल एकिकरण पश्चात दाङ सल्यान गौंडाका मातहतमा थियो । वि.सं.१९३८ सालमा दाङको मैदानी भागलाई तौहिहवा गोश्वारा र १९९६ सालमा भैरहवा गोश्वारा हुदै २००३ सालमा नेपालगंज गोश्वारामा समेत दाङको प्रशासनिक कार्य पुग्यो । २००७ सालसम्म यहाँ माल अदालत, हुलाक, इन्सपेक्टर अफिस मात्र थिए । २००८ साल जेठ ३ गतेदेखि छुट्टै जिल्ला मानियो र यहाँ वडा हाकिम रहन थाले । फलावाङ राज्य वि.स.२०१८ सालमा उन्मूलन भएपछि दाङको पश्चिमी भाग र सल्यानमा रहेको दाङको उत्तरी पानी ढलो २०३० सालमा दाङमा मिलेपछि आजको अवस्थामा आएको हो । दाङमा तुलसीपुर र घोराही उपमहानगरपालिका छन भने लमही नगरपालिका रहेको छ । यसैगरी बंगलाचुली, दंगीशरण, गढवा, राजपुर, राप्ती, शान्तिनगर र बबई गाउँपालिका रहेका छन ।

-बाँकेः
बाँके विकसित जिल्ला हो । बागेश्वरी मन्दिर, जुंगेश्वर महादेवको मन्दिर, संकटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बा आदि । पर्यटकीय स्थलमा महेन्द्रपार्क, रानी तलाउ, बोटिङ, विहार, वाटर पार्क आदि पर्यटकहरुको लागि गन्तब्य स्थलहरु हुन । बाँके राष्ट्रिय निकुञ्ज, कोहलपुर गोलपार्क, ढकेरी बनभोज क्षेत्र, सीक्टा पनि पर्यटनको रोजाइमा पर्दछ । बाके बि.सं.१९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न जंगबहादुर राणाले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे वापत फिर्ता आएको भूमी हो । बाके जिल्लाको सदरमुकाम नेपालगञ्ज हो । गाउँका मानिसहरु अकालमा मृत्यु भै थोरै मानिसहरु मात्र यस क्षेत्रमा बाँकी रहेकोले बाँकी मानिसले बसोवास गरेको ठाउँ भन्दै जाँदा पछि अपभ्रंस भई यस ठाउँलाई बाँके भन्न थालिएको हो । बाँकेमा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकारहेका छन । यसैगरी बाकेमा नरैनापुर, राप्तीसोनारी, बैजनाथ, खजुरा, डुडुवा र जानकी गाउँपालिका रहेका छन ।

-वर्दियाः
नेपालकै सबैभन्दा लामो कर्णाली (गेरुवा) नदिमा बनेको कोठियाघाटको पुल, बर्दिया राष्ट्रिय निकुन्ज, कर्णाली चिसापानी पुल, पुरातत्वले महत्वपुर्ण ठाकुरबाबा मन्दिर यहाको पर्यटकियस्थल हुन । नयाँ मुलुक, बुडान जस्ता नामले पनि चिनिने बर्दिया अन्न भण्डारको रुपमा पनि चिनिन्छ । भौगोलिक हिसावले दुइ भागमा विभाजन भएको वर्दिया राजापुर क्षेत्र भेरी र कर्णाली नदीले टापु बनाइ दिएको छ । स्थानिय थारुभाषमा गाई गोरुलाइ वलिबर्द भनिने र पछि बोलिचालिको क्रममा अपभ्रशं भै बर्दिया भएको मानिन्छ । बर्दियामा गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बासगढी र बारबर्दिया नगरपालिका रहेको छ भने बढैयाताल र गेरुवा गाउँपालिका छन ।

प्रदेश नम्वर ५ का सबै पर्यटकियस्थलमा पुग्नको लागि राष्ट्रिय,जिल्ला र ग्रामीण सडक सञ्जालले जोडिएका छन । भैरहवा, नेपालगंन्ज र दाङबाट हवाई सेवा भएपनि ती सबै काठमाण्डौ केन्द्रित छन । घुमफिरको लागि केहि स्थान बाहेक खानबस्नको लागि होटलको सुबिधा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार