किशोरीमाथि एसिड प्रहार गर्ने पक्राउ

MANASLU TV मा subscribers गर्नुहोला ।

  मनास्लु पोष्ट  1236 पटक हेरिएको

रौतहट– गत भदौ २७ गते राति सुतिरहेका २ किशोरीहरुलाई आफनै छिमेकीले एसिड प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

चन्द्रपुर नगरपालिका ६ बजारटोलमा दिदी बहिनीलाइ एसिड प्रहार गरेको आरोपमा १ जनालाइ रौतहट प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

स्थानीय जादोलाल दासका छोरी १८ वर्षीया सम्झना दास र १५ वर्षीया सुस्मिता दासलाइ एसिड प्रहार गर्ने दास कै छिमेकी बाबुराम पासवानलाइ प्रहरीले सार्वजनिक गरेको हो ।

अन्दाजी ५० वर्षीय पासवानलाई रौतहट प्रहरीले चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पीडितको बाबु जादोलाल दासको किटानीको आधार, कल डिटेलको आधारमा अनुसन्धानको लागि पासवानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक केदार ढकालले पत्रकार सम्मेलनमा बताए ।

प्रारम्भिक अनुसन्धान अनुसार किशोरीले पासवानको प्रेम नस्वीकारे पछि एसिड प्रहार गरेको हुन सक्ने प्रहरी उपरीक्षक ढकालले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरीक्षक ढकालले भने, ‘पासवानले किशोरी सम्झनाको मोबाइलमा १५ दिन भित्र १ सय १८ कल एकतर्फी गरेकोले पनि प्रेमको कारण नै घटना घटेको हुन सक्छ ।’ पीडित सम्झनाले पनि पासवानले अाफूहरूलार्इ नराम्राे प्रस्ताव राख्ने गरेको बताएकी छन् ।

थप अनुसन्धानको लागि प्रहरीले जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी ल्याएको प्रहरी उपरीक्षकक ढकालले बताए । पासवानलाई पीडित सम्झना र सुस्मिताको उपचार भइरहेको काठमाडौंको कीर्तिपुर अस्पतालबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । पासवान पीडित परिवारसँगै उपचारको सहयोगी बनेर अस्पताल नै पुगेका थिए ।

दोषी पक्राउ गर्न नसकेको भन्दै प्रहरीको आलोचना भइरहेका बेला छिमेकी पासवानमाथि नै शंका बढ्दै गएपछि पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि रौतहट ल्याइएको थियो ।

मुलुकी संहिता २०७४ अनुसार एसिड प्रहर गरी अनुहार कुरुप बनाएमा १ लाख देखि ५ लाखसम्म जरिवाना र शरीरको अन्य अंग कुरुप पारेमा ३ वर्ष कैद र ५० हजार देखि ३ लाख सम्म जरिवान हुने प्रावधान छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार