हुने बिरुवाको चिल्लो पात भनिए जस्तै ,बाल्यकाल देखि नै खेलकुदमा गहिरो अभिरुचि राख्नेहरु सधै सफलता तर्फ उन्मुक रह्न्छ।परिवारको साथ र समर्थनमा रहने अनि गुरुको अनुशासन कडीलाई सधै शिरुपर गर्ने खेलाडी हम्मेसा पछाडी फर्कनु पर्दैन । यस्तै निकै आशा लाग्दा खेलाडी हुन कृति शर्मा ।
पाच बर्ष अगि काठमाडौको धापासी मार्शल आर्ट्स एकेडेमीबाट आफ्नो खेलकुद करियर शुरुगरेकी कृतिले क्लब तथा क्षेत्रीयस्तर हुँदै राष्ट्रिय प्रतियोगितामा दर्जनौ स्वर्ण पदक हात पारी सकेकि छिन।बाग्लुङ जिल्ला जैमिनी नगरपालिका वडा न ६ स्थाइ बसोबास रहेका बुबा केशब राज शर्मा अामा गीता शर्माको कोखबाट २०५९ बैशाख १९ गते जन्मेकि हुन ।
कराते,उसु,साम्बो बिधामा अब्बल रहेकी उनले गत बर्ष जापान डिफेन्स साम्बोबाट ब्ल्याक बेल्ट समेत हासिल गरेर आफ्नो प्रतिभा देखाई सकेकी छिन । धापासी मार्शल आर्ट्स एकेडमीका प्रशिक्षक प्रताप घिसिङको प्रशिक्षण पाएका पहिलो ब्याजीहरु कृति शर्मा लगाएत रिना मगर ,भगवती माझी ,बिनोद गोले,सुजाता मगर,सितारा मगर ,सुशीला तामाङ लगाएत दर्जनौं खेलाडीहरु चर्चाको शिखर छ्न । सुरुवात देखिनै फरक-फरक खेलको अनुभव बटुलेकी कृतिले अगिल्लो बर्ष आयोजना भएको ओलम्पिकडेको अबसरमा राष्ट्रिय कुराश प्रतियोगितामा स्वर्ण जित्दै उनी ओलम्पिक काउन्सिल अफ एसियाद्वारा आयोजना भएको ५ औ एसियाली इन्डोर गेम्समा समेत छनौट भएकी थिइन तर उमेरको कारण उनले सहभागी हुन पाएनन्।राजधानीमा आयोजना हुने विभिन्न ब्यूटी कन्टेस्टमा समेत भाग लिएर सफलता हात पारिसकेकी कृतिले १२ कक्षाको अध्यायन पनि निरन्तरता दिने गरेकी छिन ।
खेलकुदलाई पहिलो प्राथमिकताको रूपमा राखेकि हुनाले उनले प्रतियोगितामा सहभागी हुदा खालीहात हुन परेको छैन ।निकै आत्म बिश्वासी कृति भन्छिन् “गुरुहरुको सल्लाह बमोजिम नै अगाडि बढेको छु,उतिकै मेहनतमा पनि ध्यान दिएकी छु।” ।यस्ता प्रतिभाबान खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन सके मुलुकको लागि पदक दिलाउन सक्ने प्रशिक्षक प्रताप घिसिङ बताउछ्न । प्रत्येक खेलमा कृति जस्तै प्रतिभाबान आत्मबिश्वासी खेलाडीहरु उत्पादन गर्ने प्रशिक्षक समयमै राज्यले चिन्न सके मुलुकमा खेल विकास हुनेमा शंका छैन ।
MANASLU TV मा subscribers गर्नुहोला ।

1059 पटक हेरिएको 


