डिएन घिसिङ ।
पोखरा , हिमालयन फाउन्डेसन अमेरिकाले आज एकसमारोह बिच नेपाल सितरियो सिकोकाई कराते सघको भबन निर्माणका लागि चालीस लाख रुपैया अनुदान फाउन्डेसनका अध्यक्ष यज्ञलाल श्रेष्ठले हस्तान्तरण गर्नु भयो ।
हिमालयन फाउन्डेस र सितरियो कराते सघको सम्झौता बमोजिम अमेरिकामा च्यारीटीसो मार्फत सकलन भएको रकम हस्तान्तरण गरेको अध्यक्ष यज्ञलाल श्रेष्ठले बताउनु भयो। यस अगि फाउन्डेसनले सिन्धुपाल्चोक लगाएत भुकम्प प्रभावित जिल्लामा समेत पीडितलाई आधारभुत सामाग्री हस्तान्तरण गरेको थियो ।
नेपाल सितरियो सिकोकाई कराते सघकी अध्यक्ष सुस्मा गुरुङको सभापतित्वमा सन्चालन भएको सो कार्यक्रम प्रदेश ४का सभासद राजिब पहाडीको प्रमुख आतिथ्य एब बिशिस्ट ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो। सोही अबसरमा सभासद राजिब पहाडीले खेलकुदमा निजि क्षेत्र र सामाजिक सस्थाले सहयोग गरेकोमा निकै सारहानिय रहेको बताउनु भयो । विभिन्न कराते क्लबका सयौं खेलाडीहरु उपस्थित रहेको थियो। कराते प्रशिक्षक कृष्ण लामालाई ५०थान कराते ड्रेस हिमालयन फाउन्डेसनले हस्तान्तरण गरेको थियो।उक्त अबसरमा खेलकुदमा सहयोग गर्ने विभिन्न ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
करिब ८०लाख रुपैयाँ भबन निर्माणका लागि योजना अनुमानित रहेको र ७०प्रतिशत पूरा भएको सघका उपध्याक्ष्य महेन्द्र गुरुङले बताउनु भयो। नेपाल सितरियो सिकोकाई कराते सघको नबनिर्मित भबन पश्चिमअञ्चलकै नमूना कराते भबनको रूपमा स्थापित भएको सघले जनाएको छ।

1622 पटक हेरिएको 

