तुलसी घर्ती मगरको बास्तविक्ता थाहा पाउन यो भिडियो हेर्नुहोस र शेयर गरिदिनुस !
मन बहादुर पुन
काठमाडौं । संगीत दुनियाँ रमाइलो भए पनि भित्री रुपमा निकै संघर्षशील रहेछ संगीतक्षेत्र । पछिल्लो समय धेरै नयाँ गायक गायिकाहरु गीत संगीतको दुनियाँमा फरक फरक रुपमा भित्रिरहेका छन् तर लोक गायिका तुलसी घर्ती मगर भने सदाबहार रुपमा आफूलाई प्रस्तुत गर्दै हिजोदेखि आजसम्म उस्तै रुपमा परिचित छन् । हिजोको तुलनामा आज निकै सहज र सफल बन्दै गइरहेकि छिन ।
रापतीसुनारी गाँउपालिका कुसुम बाँकेमा जन्मिएकी तुलसी घर्ती मगर २०६६ देखि निरन्तर मौलीक लोक संगीतमा निरन्तरता दिइरहेकी छिन । देशका बिभिन्न ठाउँको कार्यक्रममा सहभागिता भइसकेकी तुलसी घर्ती मगरले तिम्रो परेलीमा लोक दोहोरी गीतमा स्वर दिएर औपचारिक रुपमा सांगीतिका यात्राम प्रबेश गरेकि हुन ।
उनको स्वरमा सजिएको आई एम इ गर, भगवानलाई झुक्ने गराउछु, घरज्वाइ, नक्कली मोरी मौलीक दोहोरी गीतहरु बजारमा चर्चाको शिखरमा रहेको छ भने उनले हाल सम्म दुईसय भन्दा बढि गीतहरु रेर्कड गराई सकेकी छिन ।

3013 पटक हेरिएको 

