करबाकेलीमा होमस्टे व्यवस्थापन तालिम हुँदै

MANASLU TV मा subscribers गर्नुहोला ।

  मन बहादुर पुन  2111 पटक हेरिएको

मन बहादुर पुन

काठमाडाै । पर्यटन प्रबद्धनका लागि समुदायको सहभागिता सुनिश्चित गर्नका लागि नेपाल पर्यटन तथा होटेल व्यावस्थापन प्रतिष्ठान (नाथम), करबाकेलीबाबा संरक्षण् समिति र करबाकेली पर्यटन व्यावस्थापन समिति काफलडाँडाले अन्नपुर्ण गाउपालिका ८ काफलडाँडा म्याग्दीमा यहि २० गते देखि २६ सम्म घरबास होमस्टे तालिमको आयोजना गरिएको छ ।
करबाकेली इको टे«कको पहिचान र लञ्च भइसकेपछि जिल्ला क्षेत्र, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा ट्रलबारे जानकारी भएको छ । आन्तरिक र बाहय पर्यटकको आगमन शुरुवात भए सँगै स्थानिय स्तरमा उपलव्ध खानाका परिकारलाई परिष्कृत गर्ने संस्कृतिको संरक्षण गर्दै पाहुनाहरुको सन्तुष्टिलाई मध्यनजर गर्दै स्थानिय स्तरमा होमस्टेको सुविधा उपलव्ध गराएर आय आर्जनमा समुदायको रोजगारी सुनिश्चित गर्न आयोजना गरिएको समाजसेवी चाम बहादुर पुनले मनास्लु पोष्टलाई बताए ।
होटल एण्ड करीकुलम शाखा नाथमका उप विभागीय प्रमुख,  सत्यनारायण शाह, होटल एण्ड करीकुलम शाखा नाथमका प्रशिक्षक एकोमोडेशन समिक शर्मा, होटल एण्ड करीकुलम शाखा नाथमका प्रशिक्षक सहयोगी बद्री अर्यालको विज्ञ समूहले गाउँलेलाई होमस्टे व्यवस्थापन, खाना बनाउने, सरसफाई, अतिथि सत्कार लगायत आधारभूत तालिम दिनेछ । त्यसका लागि सबै तयारी पुरा भैसकेको नाथमका प्रमुख प्रशिक्षक मनराजा खत्रीले जानकारी दिए । तालिममा म्याग्दीका राम्चे, रिमा, फूलबारी र काफल डाँडा तथा पर्वतको कुवापानी र लोप्रे गाउँका ३० जना सहभागी हुने समितिका सल्लाहकार चामबहादुर पुनले बताए ।
कन्सेप्ट नेपाल, काठमाडौंको प्राविधिक सहयोगमा गत बैशाख पहिलो साता करबाकेली पदमार्ग एक्सप्लोर गरिएको थियो । साथै यो पदमार्गको नक्शा, वृत्तचित्र, भिडियो, वेवसाइट र क्यालेन्डर प्रकाशन भैसकेको छ । कास्कीको नयाँपुल हुँदै म्याग्दीको पुनहिल भएर फूलबारीबाट बेनी झर्ने पदमार्ग एक्सप्लोर भएसँगै पर्यटक बढ्दै गएको करबाकेली पर्यटन व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर पुन बताउँछन् ।
म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दी भ्रमण वर्ष २०७५ मनाइरहेको सन्दर्भमा करबाकेली इको टे«क पर्यटनमा नयाँ प्रोडक्टका रुपमा स्थापित हुँदैछ ।

भिडियो हेर्नुहोस् ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार