आइसिसी टी–२० विश्वकप छनोट ‘बी’को उपाधि नेपाललाई.

MANASLU TV मा subscribers गर्नुहोला ।

  मनास्लु पोष्ट  681 पटक हेरिएको

टी-२० विश्वकप क्रिकेटको एसिया छनोट बीको उपाधि नेपालले जितेको छ ।

शुक्रबार मलेसियाको बायुमास ओभलमा सिंगापुर विरुद्धको अन्तिम खेल वर्षाका कारण अवरुद्ध बनेको थियो। जससँगै नेपाल र सिंगापुरले १–१ अंक बाढेको छ । नेपाल र सिंगापुरको समान ११ अंक भएको थियो। तर रनरेटमा नेपालले सिंगापुरलाई पछि पार्दै उपाधि कब्जा गरेको हो।

प्रतियोगितामा नेपाल र सिंगापुर दुवै टिम अपराजित रहे। नेपालले म्यानमार र मलेसियालाई समान ८–८ विकेट ले पराजित गर्‍यो। यस्तै नेपालले भुटानलाई १ सय १७ रन र थाइल्यान्डलाई १ सय ४० ले हराएको थियो। लगातार जित निकाल्ने क्रममा नेपालले चीनलाई १० विकेटले हराएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार