भौगोलिक, प्राकृतिक र साँस्कृतिक सम्पदाले समेत भरिपूर्ण देश हो नेपाल । एक सानो भुपरिवेष्ठित देश हुनुको साथै एसियाका दुई विशाल देशहरु चीन र भारतको बिचमा रहेको छ ।
१०. तिलिचो ताल

तिलिचो ताल विश्वको सबैभन्दा अग्लो उचाइमा रहेको ताल मानिन्छ । ५,००० मिटरको उचाइमा अवस्थित यो ताल नेपालको मनाङ जिल्लामा पर्छ । अन्नपुर्ण पदयात्रा गर्ने सबैले थोरोङ्ग्ला पास गर्दा यो ताल भएर जाने गर्छन् । मनाङ र तिलिचो तालको बिचमा धेरै लजहरु खुलेका छन् ।
यो तालको भ्रमण गर्नु र टे«किङ गर्नु एक अनुपम अनुभव हुने छ पदयात्रा मन पराउनेहरुको लागि धेरै नै रोमाञ्चक हुनेछ ।
९. अन्नपूर्ण बेस क्याम्प

तह–तह मिलेका धानका खेतहरु मनमोहक लालिगुँरासको जङ्गलहरु र अन्नपूर्ण हिमश्रृंखला सहितको उच्च भौगोलिक दृश्यहरुले नै अन्नपूर्ण बेस क्याम्प ट्रेकलाई एक लोकप्रिय ट्रेकिङ गन्तव्य बनाएको छ । यो ट्रेक मा ७ देखि ११ दिन लाग्ने गर्छ ट्रेकिङ गर्नेहरुको हिड्न सक्ने क्षमता मा भर पर्छ । एबिसी ट्रेकिङ वर्ष भरि नै गर्न सकिन्छ तर हिँउदमा भने कहिलेकाँही बेस क्याम्प हिँउको कारणले बन्द पनि हुन् सक्छ ।
८. उपल्लो मुस्ताङ

उपल्लो मुस्ताङ ट्रेकलाई मुस्ताङको बौद्धिस्ट राज्यको लुकेको विश्व पनि भन्ने गरिन्छ । पहिले तिब्बती साम्राज्यको एक भागको रुपमा रहेको ल्हो क्षेत्र सँस्कृति र भौगोलिक दृश्यको कारणले पनि तिब्बत जस्तै लाग्छ । आश्चर्यजनक खालका चट्टानहरुले घेरिएको र मरभुमी जस्तो देखिने भौगोलिक दृश्यको बिचमा गाँउहरु र त्यहाँका हरिया खेतहरुले मरभूमिको बिचमा बगैँचा जस्तो देखिन्छ ।
७. रारा ताल

रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो जुन समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको छ । रारा तालले १० दशमलब दुई स्क्वायर किलोमिटर क्षेत्रफल ओगटेको छ । रारा ताल रारा राष्ट्रिय निकुञ्जले घेरिएको छ । यो ताल ट्रेकिङ मनपराउने हरुको लागि धेरै नै उपयुक्त गन्तव्य हो तर रुट भने धेरै नै असजिलो रहेको छ ।
जुम्लासम्म प्लेनमा वा गाडीमा गएपछि टेकिङ सुरु हुन्छ । पहाडै पहाडको असजिलो बाटोमा हिँडेर विभिन्न गाँउहरु पार गर्दै गएपछि रारा तालको किनारमा पुगिन्छ जहाँको ुसौन्दर्यलाई जिओआरपीका सस्ंथापक बिल ग्रिरले चारै तिर हिमालले घेरिएको एक कञ्चन निलो मणिको रुपमा वर्णन गरेका थिए ।
६. खप्तड नेशनल पार्क

खप्तड नेशनल पार्क नेपालको सुदुर पश्चिम क्षेत्रमा अवस्थित एक संरक्षित क्षेत्र हो । धार्मिक व्यक्तित्व खप्तड बाबाको नामबाट चर्चित यो क्षेत्र बझाङ, बाजुरा, अछाम र डोटी जिल्लामा फैलिएको छ र यसले २२५ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । यो भौगोलिक परिदृश्यमा हरियाली युक्त हल्का भिरालो चौरहरु खोला नाला र घासेँ मैदान रहेका छन् ।
यसलाई नेपालको सबैभन्दा सुन्दर परिदृश्यको रुपमा लिइन्छ । यहाँ धेरै खालका जीव जनावर हरु चराचुरुङ्गी र वनस्पतीहरु पाइन्छन् । यो स्थानलाई नेपालको भर्जिनल्याण्ड पनि भनिन्छ किनभने यो स्थानको प्राकृतिक सौन्दर्यलाई मानिसले अहिलेसम्म चलाउन पाएका छैनन् । यो यस्तो ठाँउ हो जहाँ मानिसले शान्ती र एकान्त महसुस गर्न सक्छन् ।
५. पाँचपोखरी

पाँचपोखरी जुगल हिमालको काखमा रहेको पाँचवटा पोखरी भएको स्थान हो जसलाई धेरै नै धार्मिक महत्वपूर्ण मानिन्छ । पाँच पोखरीसम्मको लागि १२ दिनको ट्रेकिङ यात्राबाट पुग्न सकिन्छ जहाँ हिमाली सौन्दर्यपान गर्दै विभिन्न गाँउहरु देख्न सकिन्छ ।
यो ट्रेकिङमा हामीले सुन्दर भुदृश्यको साथसाथै धनी सँस्कृति र जैविक विविधताको अनुभव गर्न सकिन्छ । हामी यी उच्च भौगोलिक अवस्थाको पोखरीको यात्रा बौद्ध धर्म र हिन्दू धर्म दुवैमा मानिसहरुको लागि पवित्र मानिन्छ ।
४. गोसाँइकुण्ड ताल

नेपालको लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित यो ताल ४ हजार ३ सय ८० मिटर उचाइमा रसूवा जिल्लामा रहेको छ । गोसाँइकुण्ड एक साहसिक यात्रा गन्तव्य हुन सक्छ जसलाई हिन्दू धर्मका मानिसहरुले धेरै नै श्रद्धापूर्वक लिने गर्छन् । यो एक स्वच्छ र कञ्चन पानी भएको ताल हो जहाँ सुन्दर दृश्यहरुले घेरिएको छ ।
धुन्चे हेलम्बु ट्रेकिङ रुटको लागि महत्वपूर्ण स्थान मानिन्छ । यो ट्रेकले लाङटाङ उपत्यकालाई जोड्ने गर्छ । यो ट्रेकिङ यात्रामा लज, टिहाउस होटलहरुको सुविधा रहेको छ ।
३. चितवन राष्ट्रिय निकुञ्ज

यो नेपालको सबैभन्दा पहिलो राष्ट्रिय निकुञ्जको रुपमा सन् १९७३ मा स्थापना भएको राष्ट्रिय निकुुन्ज हो । सन् १९८४ मा विश्व सम्पदा सूचीमा परेको यो राष्ट्रिय निकुञ्जले ९३२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यो नेपालको सबैभन्दा लोकप्रिय गन्तव्यको रुपमा चिनिने गर्छ ।
विशेषगरी एक सिंगे गैडा र हात्तिको लागि प्रख्यात चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी, हात्ति सफारी र्याफ्टिको लागि प्रख्यात छ ।
२. पुन हिल

पुन हिल अन्नपुर्ण हिमश्रृंखलाको भ्यु पोइन्टको रुपमा पनि लिइन्छ । घोरेपानी र पुनहिल ट्रेकलाई एक रगिंन यात्राको रुपमा लिन सकिन्छ । अन्नपूर्ण क्षेत्रबाट सुरु हुने यो यात्रा पोखरा पुगेर टुङ्गिन्छ । पुन हिलको बाटोमा जहाँबाट पनि मनै लोभ्याउने सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । नेपाल घुम्ने सोचमा हुनुहुन्छ भने पुनहिलको ट्रेकिङ गर्न सबैभन्दा उपयुक्त हुन्छ ।
१. एभरेष्ट बेस क्याम्प

यो सबैलाई थाहा छ कि सबैभन्दा अग्लो शिखर माउन्ट एभरेष्ट नेपालमा पर्छ भन्ने त सबैलाई थाहा छ । सबैलाई माउन्ट एभरेष्ट आरोहण गर्ने सौभाग्य पाउँदैनन् तर माउन्ट एभरेष्ट चढ्न नसकेपनि माउन्ट एभरेष्ट चढेको झल्को दिने गरि एभरेष्ट बेस क्याम्प सम्म भने ट्रेकिङ गर्न सकिन्छ ।
यो ट्रेकिङ गर्ने हरेकले आफै सगरमाथा चढेको अनुभव गर्न सक्छन् । १६ दिन लामो ट्रेकमा तपाईले सुन्दर लालिगुराँसको जङ्गलहरु, ढुंगाको पर्खाल लगाइएको सुन्दर शेर्पा गाँउहरुमा पुग्न सकिन्छ । शेर्पाहरुको यो भूमिबाट नाम्चे, पोर्त्से गाँउ लगाएतका सुन्दर गाँउ हुँदै अगाडी बढ्दा जादुमयी एभरेष्ट र नुप्त्से हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ ।
यो यात्रा धेरै नै चुनौतीपूर्ण छ र यसको लागि तपाईलाई धेरै नै शारीरिक फिटनेसको जरुरी हुन्छ । एभरेष्ट बेस क्याम्प ५ हजार ३ सय ६४ मिटरको उचाईमा रहेको छ ।

1946 पटक हेरिएको 

