रारा जाने पर्यटकको सङ्ख्यामा वृद्धि, खान बस्नका लागि असुविधा

MANASLU TV मा subscribers गर्नुहोला ।

  मनास्लु पोष्ट  834 पटक हेरिएको

हुम्ला । कर्णाली प्रदेशको ठूलो ताल रारामा यस याममा रारा जानेको सङ्ख्यामा वृद्धि भएको छ । दशैँ र तिहारको बीचमा बिदा हुने भएकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।

पर्याप्त होटल, लज नहुँदा दैनिक सरदर १५ सय पर्यटक रारामा जाने गर्दा खान बस्नका लागि असुविधा हुने गरेको छ । देशका विभिन्न स्थानबाट दैनिक ३०० मोटरसाइकल, १५० जीप तथा १० बस जाने गरेको गोठीजिउला प्रहरीचौकीका प्रहरी हबल्दार दीर्घराज अधिकारीले बताए ।

राराको हुटुमा डाँफे होटल तथा हेरिटेज होटल, माझघट्टमा रहेको होमस्टे, मृर्माटप होटल, रारा भ्यु होटलको क्षमताभन्दा बढी पर्यटक हुने भएकाले कोही त्रिपालमा, कोही गाडीमा र कोही आगो बालेर रात बिताएको बारा निजगढबाट आएका आन्तरिक पर्यटक निर्मल भण्डारीले गुनासो गरे ।

रारा जाने पर्यटक नाग्मदेखि रारासम्मको यात्रामा वर्षामा हिलाम्मे तथा हिउँदमा धुलाम्मे हुने भएकाले केन्द्रीय सरकार, कर्णाली प्रदेश सरकार, तथा स्थानीय सरकारले राजमार्गको तत्कालस्तर सुधार तथा रारामा व्यवस्थित होटलको स्थापना गर्नुपर्ने अनिवार्य देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार