
काठमाडौ । नेपाल राष्ट्रिय तामाङ घेदुङ्गद्वारा आज राजधानीस्थित केन्द्रीय कार्यालयमा एक समारोहका बिच नेपालको तर्फबाट सन १९८६ सोल ओलम्पिकमा तेक्वान्दो तर्फबाट मुलकको लागि काश्य पदक बिजेता एब दर्जनौं अन्तर्राष्ट्रिय प्रतिष्ठित प्रतियोगितामा पदक बिजेता बिधान लामालाई बिशेश सम्मानको आयोजना गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि पुर्ब उद्योग राज्यमन्त्री रेशम लामाले प्रमाणपत्र एवं खादा ओडाएर सम्मान गर्नु भयो । सोही अबसरमा बोल्दै प्रमुख अतिथी लामाले मुलुककै एतिहासिक ब्यक्तित्वको सम्मान गर्न पाउँदा खुशी र गर्व महसुस भएको बताउनु भयो ।
सम्मानित भएपछि ओलम्पिएन खेलाडी बिधान लामाले आफ्नो जातीय सस्थाले पहिलो पटक आयोजना गरिएकोमा खुशी हुदै, मन्तव्यको क्रममा आयोजक समिती लाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।कार्यक्रममा तामाङ समुदायका लब्दप्रतिस्ठित ब्याक्तित्व हरु डिके बुदिस्ट ,शसस्त्र प्रहरी बल पुर्ब एआइजी डा.कृष्ण कुमार तामाङ ,समाजसेबी एब नायिका सुकमाया मोक्तान लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
,नेपाल राष्ट्रिय तामाङ घेदुङ्गका अध्यक्ष बिर बहादुर योन्जनको सभापतित्वमा भएको कार्यक्रममा नेपाल तामाङ राष्ट्रिय घेदुङ्ग खेलकुद प्रमुख डिएन घिसिङले स्वागत गर्नु भएको कार्यक्रममा का.महासचिब प्रबण बलले सन्चालन गर्नु भएको थियो । सोही अबसरमा राष्ट्रिय घेदुङ्गका बरिस्ठ उपाध्यक्ष शान्ता लामा,केन्द्रिय सदस्य बिकाश ब्लोन, हिरा गोले,धन बहादुर तामाङ ,बबिता योन्जन ,प्रहरी उपरीक्षक निर्मल लामा,राष्ट्रिय तामाङ घेडुङ्ग इजरायलकि उपाध्यक्ष निरु मोक्तान, समाजसेबी तस्बिर मोक्तान,राष्ट्रिय घेदुङ्ग सन्चार बिभागका अध्यक्ष कर्म लामा सास्कृतिक बिभाग महासचिब जगत घिसिङ र सचिब अबिसेक तामाङ लगाएतको उपस्थिति रहेकाे थियाे ।

1415 पटक हेरिएको 

