डिएन घिसिङ
थाइल्यान्डको च्याङ्गमाईमा डिसेम्बर १४ देखी १६तारिख सम्म आयोजित १०औ वर्ल्ड बडि बिल्डिङ एन्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिप २०१८मा मुलुकका महेश्वर महर्जनले स्वर्ण पदक जितेका छ्न ।
थाइल्यान्डको चाङमईमा शनिवार भएको खेलमा उनले चार प्रतिष्पर्धीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारत दोश्रो र सिंगापुर तेश्रो भएको थियो । सो प्रतिष्पर्धामा थाइल्याण्ड र उज्वेकिस्तानका खेलाडीले पनि प्रतिष्पर्धा गरेका थिए । केही समय अगाडी नेपाल ब्यायम मन्दिरले गरेको धर्मश्री प्रतियोगितामा भने महर्जन दोस्रो भएका थिए । सो प्रतियोगिता विजयी मिलन सिजापति भएको थियो ।
धर्मश्री विजेता नै यस प्रतियोगितामा जाने चलन भएपनि सिजापति जान नमानेपछि महेशले नेपालको प्रतिनिधित्व गर्दै गएका हुन् ।यसअगी २०१६ भुटानमा सम्पन्न एसियन बडिबिल्डिङ्ग च्याम्पनिसिपमा स्वर्ण जितेका हुन ।
राष्ट्रिय स्तरको बहुप्रस्तीस्ठित धर्मश्री प्रतियोगिताका स्वर्ण पदक जितेका महेश्वरले दर्जनौं प्रतियोगितामा सहभागी जनाएर सफलता हात पारिसकेका छ्न । ढल्कुस्थित सेप्स टू फिटनेस सेन्टर प्रशिक्षणरत बिजेता महेश्वरले बिश्व प्रतियोगितामा स्वर्ण जितेपछी भाबपुर्ण अभिब्यक्त गर्दै भनेका छ्न “निरन्तर दैनिक ६घन्टाको तालिम अनि मेरा गुरु र साथीहरूको हौसलाले देशको नाम स्वर्ण गरेको छु” पदक शुसोभनको गर्बिलो क्षणमा रास्ट्रीय गान र मुलकको झन्डा फरफराउदा महेश्वरको मुहारमा अत्याधिक खुशिको भाबले आशु बगाएका थिए । सफलता हात पारेपछि स्वदेश तथा बिदेशमा रहेका शुभचिन्तकहरुले बधाई दिएका छ्न ।

1034 पटक हेरिएको 

